संचारको दिगो बिकास गर्न आबस्यक छ ः पोख्रेल
लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, ८ । स्थानीय सरकारको बिकासमा संचार महत्वपूर्ण सहयात्री संस्था बन्ने नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले बताउनु भएको छ । मंगलबार प्यूठानमा संचारको हक प्रर्वद्धनमा स्थानिय तहको भूमिका बिषयक कार्यक्रममा बोल्दै आम संचार निति बनेको हुँदा स्थानिय तहले पनि आफ्नो निति नियम बनाउदा संचार मैत्री बनाउन पहल गर्नुपर्ने बताउनु भएको थियो । संचार माध्याम उत्पादन गर्ने मात्र होइन अब गुणस्तरीयतामा ध्यान दिई दिगो बिकास गर्ने खालको योजना सहित मिडिया संचालन गर्न आबस्यक रहेको औल्याउनु भएको थियो ।
स्थानीय तहले जनताले साचे जस्तो काम गर्न नसकेको कुरा स्वीकार गदै संघीय व्यवस्थालाई स्थापित गर्न केही समय लाग्ने मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना मगरले बताउनु भएको थियो । स्थानीय सरकारलाई कतिपय पुराना ऐनमा रहेर काम गर्नुपर्ने स्थिति भएको कुरा बताउनु भएको छ । संचार क्षेत्रमा आफुले सकेको सहयोग सहकार्य गरी अगाडी बढेको बताउनु भएको थियो ।
मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले कानून सम्बन्धी स्थानिय सरकारमा दरबन्दी नहुँदा संचार निति बनाउन नसकेको बताउनु भएको थियो । केही कानून निमार्ण गर्दा संघीय सरकारले पठाएको फर्मेटका आधारमा कानुन निमार्ण हुने गरको थापाले बताउनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संचार क्षेत्रलाई साझा संस्थाको रुपमा स्थापित गर्न सुझाव दिएका थिए । पछिल्ला समय संचार तथा पत्रकारलाई स्वतन्त्र नभई राजनैतिक पाटि निकट रहेको आरोप लगाएका कुरा उठान गरिएको थियो । जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजालको रहेको कार्यक्रमको सञ्चालन महासंघका सचिव प्रकाश बैद्यले गर्नु भएको थियो ।