२०७८, १० चैत्र बिहीबार १५:३१

जिल्लाका एम्बुलेन्स भाडामा चल्दै, नियमक गर्ने निकाय बेखबर

लोकेन्द्र सुनार, प्यूठान
चैत्र १० । प्यूठानमा रहेका १८ वटा एम्बुलेन्स मध्ये केही भाडामा चल्ने गरेको पाइएको छ । ग्रामिण ठाँउमा एम्बुलेन्सहरुले काम नपाएको भन्दै प्यूठान अस्पताल नजिक बसी बिरामी बोक्नका लागी भाडामा चलाइएको बुझीएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । चालकले नै मासिक १५ देखी ३० हजार सम्म दिने सर्तमा भाडामा लगाइएको नबोल्ने सर्तमा एक जना एम्बुलेन्स चालकले बताएका छन् । भुपु सैनिक दाखाक्वाडी, भुपु सैनिक कल्याणकारी बादिकोट, भारतिय भुपु सैनिक रजवारा, जोन्से स्मृति देबिस्थान लगायतका एम्बुलेन्सहरु भाडामा चल्ने गरेको पाइएको छ । उता सर्बसाधारण भने एम्बुलेन्सहरु बिरामी बोक्न नभई व्यापार गर्न सञ्चालन गरेको आरोप लगाउदै आएका छन् । भाडामा सञ्चालन गर्दा नाफा हुने भएकाले एम्बुलेन्स जस्तो साधन भाडामा लगाउदा समेत नियमक निकाय बेखर हुनुले उनीहरुलाई थप बल पुगको छ ।

जिल्लाका ग्रामिण गाउँहरु दाङबाङ्ग, बिजुली, अर्खा, रजवारा, बादिकोट, खुङ्ग, स्याउलीबाङ्ग जस्ता ठाउँबाट एम्बुलेन्स चलाउन नसकेपछि एम्बुलेन्स भाडामा सञ्चालन गरिएको बुझीएको छ । यो बिषयमा हामीले सञ्चालन गरेका निकाय संग कुराकानी गर्न खोज्दा चालक बोल्न मानेका छैनन् । एम्बुलेन्सलाई व्यवस्थापन गर्ने जिम्मा पाएको जिल्ला स्वास्थ्य कार्यालयले भने बिगत २ वर्ष देखी यता केही एम्बुलेन्स भाडामा सञ्चालन गर्ने गरेको पाइएको हुँदा यो बिषयमा सोधपुछ गरी सचेत गराएको जनाएको छ ।

नेपाल सरकारको राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एक एम्बुलेन्समा ४ वटा चालक राख्ने “क” र “ख” बर्गका एम्बुलेन्स मात्र चलाउन पाइने, एक जना स्टार्फ नर्सको व्यवस्था गर्ने लगाएतका सरकारको निर्देशन कार्यान्वय गराउन जिल्लाका एम्बुलेन्स संचालकहरुलाई पत्र काटिएकोे स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले बताउनु भएको छ ।

सरकारको कार्यबिधि अनुसार “ख” बर्ग सम्म सञ्चालन गर्न नसक्ने एम्बुलेन्सलाई अब सार्वजनिक यातायातको रुपमा ओसार पोसारमा लैजाने खड्काले बताउनु भएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका अनुसार शहर तथा ग्रामिण क्षेत्रलाई एकै ठाँउ राखी एम्बुलेन्स निति बन्दा एम्बुलेन्स सञ्चालन गर्न झनै अप्ठारो पर्ने निश्चित छ ।

राती दिन नभनी बिरामीको सेवामा चालक लागेको बताउदै जिल्लामा अक्सीजन लगाएर अस्पताल लैजाने बिरामी रातो नम्बर भएको निजि साधनमा लाने जस्ता कार्य भएको नेपाल रेडक्रस सोसाइटी प्यूठानद्धारा सञ्चालन गरिएको एम्बुलेन्सका चालक दुर्गबहादुर घर्तिले बताउनु भयो । बिरामी भएको बेलामा चाहिने महत्वपूर्ण साधन एम्बुलेन्सहरु मापदण्ड अनुसार चले नचलेको कुराको बारेमा हेर्ने निकाय बेखर बनेको भन्दै सहज तरिकाले नाफामा होइन सेवामा चलाउन पहल गर्नुपर्ने स्थानिय सेवाग्राही सुमन सुबेदीले बताउनु भएको छ ।

राज्यको मौलिक हक अन्तरगत पर्ने स्वास्थ्य सेवा अनुसार एम्बुलेन्समा पैसा जम्मा गरेर मात्र बिरामी अस्पताल लैजाने भन्दा पनी सहज रुपमा बिरामी अस्पताल सम्म लैजाने व्यवस्था हुनु पर्ने कतिपय सेवाग्राहीको गुनासो छ । पटक पटक मर्मत गर्नुपर्ने, डिजेलको महङ्गी, चालक खर्च लगायतका समस्या देखाउदै एम्बुलेन्स भाडामा चलाउने गर्दा सेवाग्राही मर्कामा परेका छन । जिल्लाका अन्य ग्रामीण इलाकाबाट काम नपाउने भएपछि प्राय सबै जसो एम्बुलेन्स प्यूठान अस्पताल परिसरमा मात्र बस्ने गरेका छन । ग्रामिण भेगबाट तत्काल अस्पताल लैजानु पर्दा समयमै एम्बुलेन्स सेवा नहुदा कतिपय बिरामीको ज्यानै जान समेत सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *