सहकारी बिषयमा बिश्वबिद्यालयमा पढाइ हुने तयार हुदैः उप्रेती
लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, १२ । सहकारी संस्थाले सरकारलाई बेला बेलामा सचेत गराउनु पर्ने राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीले बताउनु भएको छ । प्यूठानमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उप्रेतीले सहकारीको राम्रो व्यवस्थापन गर्न नितिगत रुपमा नियमक निकायले सबै संग समन्वय गरी अगाढी बढ्नु पर्ने बताउनु भएको थियो । उप्रेतीले भन्नुभयो “सहकारी बैंक प्यूठानमा स्थापना गर्न खोजेका छौ तपाईहरु सबै यसको राम्रो व्यवस्थापन गर्न जुटनु पर्छ ”। सहकारी बिषयमा अबको दिनमा बिश्व बिद्यालयमा पढाई हुने तयारी समेत भएको उहाँले बताउनु भएको थियो ।
सरकारको तिन खम्बे अर्थनितिका कारणले गर्दा सहकारीलाई कुनै पनि हिसावले बाइपास गरेर अगाढी सरकार जान नसक्ने राष्ट्रिय सहकारी बैंकका लुम्बिनि प्रदेश अध्यक्ष बिजया धितालले बताउनु भएको छ । सहकारी राम्रो बनाउन बिधि पद्धतिमा चल्नु पर्ने बताउदै सहकारी बलियो बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनु भएको थियो । जिल्ला बचत संघका अध्यक्ष तथा फुलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले संस्था राम्रो बनाउन रणनितिक योजना हुनपर्ने बताउनु भएको छ । कुनै पनि काम जादुको छडिमा नहुने भएकाले अहिलेको प्रबिधिलाई बोकी संस्था संचालन गर्न जोड दिनु भएको थियो ।
सहकारीको बर्तमान अबस्था बिषयमा राष्ट्रिय सहकारी बैंक लुम्बिनि प्रदेश प्रमुख नारायण बेलबासेले समुदायमा सहकारीको भूमिका निकै महत्वपूर्ण भएकाले यसको व्यवस्थापनमा निकै चनाखो भएर लाग्नु पर्ने बताउनु भएको छ । राज्यको ठूलो पुँजि सहकारी मार्फत चलेको हुँदा सहकारी बैंकले व्यवस्थापनमा जोड दिने बताउनु भएको थियो ।
कतिपय सहभागीहरुले सहकारी व्यवस्थापन गर्नका लागी जिल्ला सहकारी संघले जिल्लामा रहेका सहकारी बिच खेल्नुपर्ने भूमिकामा चुकेको आरोप लगाएका थिए । नियामक निकायले सहकारी दर्ता गरीदिने तर व्यवस्थापन सुपरिबेक्षणमा ध्यान नदिदा सहकारी धरासायी बनेको कुरा व्यक्त गरेका थिए । जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष बिष्णु योगीको अध्यक्षतामा भएको कार्यक्रम प्यूठानको जुम्रीमा भएको थियो । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका सहकारीहरुको सहभागीता रहेको थियो । ५९ वटा सहकारी आबद्ध रहेको सहकारी बैंक प्यूठानको कुन ठाँउमा स्थापना गर्ने भन्ने कुरा अझै टुङ्गगो लागेको छैन ।