२०७८, १३ चैत्र आईतवार १५:१४

प्यूठानमा १५ दलले मात्र चुनावमा भाग ल्याउने

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, १३ ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्यूठानमा १५ दलले भाग लिने भएका छन् । नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, लोकतान्त्रिक समाजबादी, जनता समाजबादी लगायतका दलहरु राष्ट्रिय पाटीको हिसावलले चुनावमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय प्यूठानका जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सूचनाका आधारमा प्यूठानबाट ९ वटा दलले चुनावमा सहभागीता जनाउने गरी निवेदन दिएका छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पाटी, जनसमाजबादी पाटी नेपाल, सामाजिक एकता पाटी, नेपाली काग्रेस बिपि, मंगोल नेपाल अर्गनाइजेशन, रा.प्र.पा नेपाल, बिवेकशिल साझा पाटी, नेकपा माक्सबादी लेलिनबादीले चुनावमा भाग लिने भनि गत ६ गते सम्म निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी श्रीवास्तवले बताउनु भएको छ । राष्ट्रिय दल ६, अन्य दल ९ वटा गरी १५ वटा दलले चुनावमा भाग ल्याउने निश्चित भएको साथै अन्य चुवानमा सहभागी हुने दलले स्वतन्त्र तरिकाले चुनावमा भाग लिन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानिय तह निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लामा १७ सय ७१ जनाको कर्मचारी व्यवस्थापन गरीने भएको छ । आइतबार जिल्लाका ९ वटै तहमा निर्वाचन अधिकृतको नाम निर्वाचन कार्यालयले सार्बजनिक गरेको छ । एक मुख्य निर्वाचन अधिकारीको कार्यालय रहने र मतदान स्थल १ सय ५१ हुने जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ । देश भर एकै पटक चुनाव हुँदा शान्ति सुरक्षा व्यवस्थापन गर्न समस्या हुने अांकलन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *