२०७८, १४ चैत्र सोमबार १५:४४

रोल्पामा बनेको भ्यूटावर प्रचण्डद्वारा उद्घाटन

प्यूठान जागरण डटकम
चैत्र, १४ रोल्पा । शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा पछि परेको रोल्पामा चार करोड रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनाएको भ्यूटावरको सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाट्न गर्नु भएको छ । स्थानीय तह निर्वाचन लक्षित आमसभालाई सम्वोधन गर्न सोमबार बिहान हेलिकप्टर चढेर रोल्पा आएका प्रचण्डले दुई हजार ५५ मिटर उचाइमा बनाइएको ११२ फिट अग्लो भ्यूटावरको उद्घाटन गर्नु भएको हो ।

टावरको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ रहेको रोल्पा नगरपालिकाले जनाएको छ । चक्रेश्वरी–ब्राइट जेभी काठमाडौंले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो । रोल्पा नगरपालिकाले निर्माण गरेको भ्यूटावरको दशौं तला चढेर प्रचण्डले प्यूठानको माडी उपत्यका र पूर्वी रोल्पाको दृश्य हेरेको बताइएको छ । विकासका नाममा भत्काइएका उजाड डाँडा हेर्दै प्रचण्ड केहीबेर टोलाए हेरेको कार्यक्रममा उपस्थित एक जना पत्रकारले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *