२०७८, १५ चैत्र मंगलवार १८:५६

जातिय भेदभाव बिरुद्ध संचार अभियान

शंसेर नेपाली, प्यूठान जागरण
चैत्र, १५ । राट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्यूठानले जातिय भेदभाव बिरुद्ध स्वर्गद्धारी संचार अभियान भन्ने उद्धेश्यले एक दिने अन्तरकृया कार्यक्रम गर्ने भएको छ । संघको मंगलबार बसेको बैठकले जातिय भेदभावको मुद्धामा लुम्बिनि प्रदेशको स्वर्गद्धारीमा एक कार्यक्रमका बिच संघका केन्द्रिय पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्लाका सरोकारवालाहरुको सहभागीतामा कार्यक्रम गर्ने निर्णय भएको राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले बताउनु भएको छ ।

सोही कार्यक्रम संगै संघको लुम्बिनि प्रदेश समितिले बिस्तारित बैठक गर्ने भएकाले कार्यक्रम व्यवस्थापन गर्न संघका जिल्ला अध्यक्ष लोकेन्द्र सुनारको संयोजकत्वमा १० सदस्यीय रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ । उक्त कार्यक्रमको आर्थिक व्यवस्थापन संघका सचिव बोम बहादुर परियारको संयोजकत्वमा ११ सदस्यीय रहेको समिति निमार्ण भएको राष्ट्रिय दलित पत्रकार संघ प्यूठानले जनाएको छ ।

यस्तै स्थानिय तहमा दलितहरुको बर्तमान र भबिष्य बिषयक गोष्ठि जिल्लाका राजनैतिक दलका प्रमुख, दलित जनप्रतिनिधि, दलित अधिकारकर्मीको सहभागीतामा चैत्र अन्तिम साता गर्ने संघले निर्णय गरेको छ । संघको एक रिक्त रहेको जिल्ला कार्यसमिति सदस्यमा पत्रकार सबिता बिश्वकर्मालाई मनोनित गरिएको जिल्ला अध्यक्ष लोकेन्द्र सुनारले बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *