स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र १६ प्युठान
नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अबसरमा देशभर देशभर विविध कार्यक्रमहरु गरी मनाइएको छ । बुधबार नेपाल पत्रकार महासंघ प्यूठानको आयोजनामा प्यूठानमा प्रभातफेरि तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जुम्रीबाट सुरु भएको सञ्चारकर्मीहरुको ¥याली बिजुवार मित्रमणी चोक हुँदै जिल्ला अस्पताल गएर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष इमान सिह भारतीले पत्रकारहरु समाजको ऐना भएकाले सत्य तथ्य घटनालाई संचार क्षेत्रमा समेटी पत्रकारिता जगललाई मर्यादित बनाउन आबस्यक रहेको बताउनु भएको थियो ।
पत्रकार महासंघ प्यूठानका संस्थापक खुम बहादुर थापा, पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गदै जिल्लामा पत्रकारितालाई थप व्यवस्थित बनाउन आबस्यक रहेको औल्याउदै पत्रकारले लुकेका, ओझेलका खबरलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।
प्यूठान शाखा अध्यक्ष सञ्जय रिजालले पत्रकारहरुको हितका लागि पत्रकार कल्याणकारी कोषलाई व्यवस्थापन गर्न महासंघले योजनाका साथ कार्य अघि बढाएको हुँदा यसलाई व्यवस्थापन गर्न सबै एक ठाँउमा हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमको संचालन पत्रकार महासंघ प्यूठानका सचिव प्रकाश बैद्यले गर्नु भएको कार्यक्रममा प्यूठानका पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो । साथै स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्यूठानका ७ जना पत्रकारहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र बिजुवारमा रक्तदान गरेका थिए ।