मेरी कान्छी साली बाजारमा सार्बजनिक

प्यूठान जागरण डटकम
पोखरा, कास्की । संचारकर्मी तथा राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको कान्छी साली बाजारमा सार्बजिक भएको छ । दाहालको गीतले नेपालीको दिदी भिना संगको कथामा आधारित भएर गीत निमार्ण गरीएको दाहालको भनाई छ । कुनै बेला साली भेनाबिच यस्ता हुने गर्दथ्यो भन्ने गीतको भाव रहेको छ । दाहाल लगायत यो गितमा तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ ।
उक्त गित दिपक कँडेलको शब्द र राम्जी पौडेलको लयमा साहिल गायकको संगितमा नमस्ते पोखराको रेकडिङमा बजारमा ल्याएका हुन् । जुन गितको भिडियोमा हिमाल रिजाल, कविता क्षेत्रीको मुख्य भूमिका रहेको छ ।
उक्त भिडियो पोखराको आसपासमा छायांङ्कन गरिएको हो भने भिडियोको सम्पादन सुवाश अवगाईले गरेका थिए । दाहालले यस अघि रमिता सिरियल लेखन तथा निर्देशन र शिव भजन समेत बजारमा ल्याइसकेका छन् । उक्त कान्छी साली गित रमिता टिभि यूटुव च्यानल मार्फत बजारमा सार्बजनिक गरीएको छ ।
उक्त गीत हेर्नको लागी यहाँ थिच्नु होस ।