२०७८, २० चैत्र आईतवार १६:५२

समाजबादको आधार “सहकारी” ः मन्त्री खड्का

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, २० । समाजबादका आधारहरु निमार्ण गर्न सहकारी संस्थाको बिकास प्रबद्र्धन आबस्यक रहेको लुम्बिनि प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले बताउनु भएको छ । मौरीघाट दाङ्गमा सहकारी दर्ता कार्यालयको उद्घाटन तथा ६५ औं सहकारी दिबशको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री खड्काले समाजबादी राज्यको परिकल्पना सहकारीबाट संभव रहेको औल्याउनु भयो ।

सहकारी दर्ता कार्यालयको पहिलो काम ओम बहुउश्द्देश्यीय सहकारी संस्था मल्लरानी गापा खंलगा प्यूठानको बिनियम संशोधन सस्थाका सचिवलाई दिदै गरेको दृश्य ः लुम्बिनि प्रदेशका सचिव नारायण प्रसाद सापकोटा बाट हस्तान्तरण

प्रदेश सरकारले अब सबै जिल्लामा सहकारीका गतिबिधिहरुमा भएका अनियमितताबारे जाचबुझ गर्ने, अनुगमन गर्ने, सहकारी ऐन परिपालन गर्न आबस्यक निर्देशन दिने, सहकारी बिच मर्ज गर्न प्रोत्साहन गर्ने, सहकारी मार्फत उद्यम क्षेत्रमा जोडि पिछडा बर्ग समुदायलाई सीप बिकास तथा आय आर्जनमा कृयाशिल बनाउने सहकारी मन्त्रालयको योजना भएको बताउनु भएको थियो ।

कार्यक्रममा लुम्बिनि प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्रीले सरकारले जनताको जिवनस्तरलाई माथी उठाउन सहकारी कृयाकलापलाई प्रभावकारी तबरले काम गर्न दाङ्गमा सहकारी दता कार्यालय स्थापना गरिएको बताउनु भएको थियो । लुम्बिनि प्रदेशका सचिव नारायण प्रसाद सापकोटाले प्रदेशमा करिब ७ सय सहकारी भएको उल्लेख गदै धेरै जनालाई रोजगारमा सहकारीले जोडेको बताउनु भएको थियो । सरकारले तिन खम्बे अर्थ निति अबलम्बन गरी देशमा सहकारी मार्फत निकै राम्रा काम गरेको बताउनु भएको थियो । सापकोटाले सहकारीमा भएको परिवर्तनलाई आत्मासाथ गदै ६५ औं सहकारी दिबशको अबसरमा साझ दिपावली गर्न सबै सहकारी संघ संस्थालाई आग्रह समेत गर्नु भएको थियो ।

दाङ्ग स्थित कार्यालयमा सबै जनशक्ति व्यवस्थापन गरी प्रदेशका सबै जिल्लालाई सेवा दिने गरी कामको तयारी भएको दर्ता अधिकारी महेश पाण्डेले बताउनु भएको छ । सहकारीबाट दिने परामर्श, दर्ता, शंसोधन लगायत अन्य कार्य दर्ता कार्यालयले गर्ने पाण्डेले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभयो ।

दर्ता अधिकारीको कार्यालयमा उद्घाटका दिन प्यूठानको मल्लरानीमा रहेको ओम बहुउद्देश्यीय सहकारी सस्थाको बिनियम संशोधन प्रदेश सचिव तथा दर्ता अधिकारी प्रमुखबाट संस्थालाई बुझाई काम प्रारम्भ गरिएको दर्ता अधिकारी महेश पाण्डेले बताउनु भएको छ । यसैबिच लुम्बिनि प्रदेशका बिभिन्न ठाउँमा ६५ औं सहकारी दिबश बिविध कार्यक्रम सहित मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *