२०७८, २१ चैत्र सोमबार १९:०९

प्यूठानमा टाइफाइट बिरुद्धको खोप संचालन हुने

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, २१ । टाइफाइट खोप बिरुद्धको अभियान अन्र्तरगत प्यूठानमा यही चैत्र २५ देखी ३० गते सम्म संचालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारले देशभरका १५ महिना देखी १५ वर्ष उमेर समुहका बालबालिकालाई नछुटाई खोप दिने कार्यक्रम तय गरेको छ ।
संसारभर बार्षिक १ लाख ६१ हजार जनाको मृत्यू टाइफाइटका कारण हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा तथ्याङ्कको आधारमा हेर्दा ५ बर्षको अबधिमा करिब ४ लाख ५० हजार जना टाइफाइट संक्रमित हुने गरेका छन ।

अस्पताल भर्ना हुने बिरामी मध्ये चौथो कारण यही रोग रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताउनु भएको छ । टाइफाइट बिरुद्धको खोप अब एक चोटी लगाए पछि पून यो अबसर नआउने सोमबार प्यूठानका संचारकर्मीहरु संग भएको एक कार्यक्रममा खड्काले बताउनु भएको छ ।

हामीले सबै बालबालिकालाई खोप लगाउने तयारी जिल्लामा गरेका छौ खड्काले भन्नुभयो नेपाल सरकारले संचालनमा ल्याएका १३ वटा खोप सबै प्रभावकारी भएको उल्लेख गर्नुभएको थियो । गत बिहिबार देखी प्यूठानमा कोरोना भाइरस शुन्य भएको खड्काले संचारकर्मीलाई जानकारी गराउनु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कौशलराज बैद्यले टाइफाइट हुन नदिन हामीले बातावरणीय स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ लगायतका कुरामा बढी ध्यान दिनु पर्ने बताउनु भएको थियो । खोप कार्यक्रम अन्र्तरगत प्यूठानका लक्षित करिब ८३ हजार ८४ जना रहेको उहाँले बताउनु भयो । खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्ला, स्थानीय तह, वडा लगायत सबैमा पुरा तयारी भएको बताउनु भएको थियो । नेपाल पत्रकार महासंघका पदाधिकारी, सदस्य, अन्य संचारकर्मीको उपस्थितिमा सोमबार आफ्नै कार्यालय बिजुवारमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा पछिल्लो समय टाइफाइटका रोगीहरु धेरै देखिएकाले यसको न्यूनिकरणका लागी नेपाल सरकारले खोप लगाउने योजना बनाएको हो । १२ प्रकारका नियमित खोपहरु संचालनमा आएकोमा यो खोप थप हुँदा १३ वटा खोप संचालनमा आएको छ । टाइफाइट बिरुद्धको खोप परिक्षण भई डब्लुएचओले मान्यता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *