२०७८, २२ चैत्र मंगलवार १९:११

प्यूठानमा पहिलो महिला प्रजिअ

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, २२ । जिल्लाका पत्रकार संग मंगलबार प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भेट गदै जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिने तथा जिल्लाका हरेक समस्यामा पत्रकारहरु संग सहकार्य गरी अगाडी बढ्ने बताउनु भएको छ । आफ्ले गरेका कामको बारेमा मुल्यांकन गरी सुधार गर्नुपर्ने बिषयमा संचार क्षेत्रले सुझाउनु पर्ने प्रजिअ नेपालले बताउनु भएको थियो । नेपाल प्यूठानमा ४१ औ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको हो ।

साथै नेपाललाई प्यूठानमा पहिलो पटक सहसचिव प्रजिअको रुपमा नेपाल सरकारले खटाएको छ ।
जिल्लामा पेट्रोलियम पदार्थ लगायत बजारमा भएका महङ्गी जस्ता कुराहरुलाई प्राथमिकतामा राख्न पत्रकारहरुले शुझाव राखेका थिए । कैयो पटक उठाएका सवालहरु त्यति समाधान नहुने गरेको पत्रकारहरुले बताएका थिए ।

यस्तै पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजालले पत्रकारहरु सामाजिक सेवामा पनि रहेकाले विभिन्न कुरामा सहकार्य गर्न प्रजिअ नेपाललाई आग्रह गर्नु भएको थियो । रिजालले जिल्लामा खुल्ला दिशा मुक्त क्षेत्र घोषण होस वा जनयुद्धको बेलामा सधै सामाजिक कार्यमा सबै संग सहकार्य गदै अगाडी बढेको बताए । जिल्लाका ७० प्रतिशत बिज्ञापन बाहिर गएको प्रति पत्रकार महासंघको ध्यान आकर्षण भएको उल्लेख गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *