२०७८, २५ चैत्र शुक्रबार १७:५३

बिपन्न बिद्यार्थीलाई आर्थिक सहायता

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, २३ । गौमुखी गाउँपालिका पुँजामा रहेको बाल जीवन सुधार आधारभूत बिद्यालय खलाचौरमा प्रोफेसर साइमन ब्रुक्स उत्कृष्टता छात्रबृत्रि बितरण गरिएको छ । गौमुखी गाउँपालिका हाल बेलायत बसोबास गदै आएका डाक्टर प्रोफेसर गौतम न्यौपानेले ग्रामिण क्षेत्रमा शिक्षाको पहँुच पु¥याउन पठन पाठनमा सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको आयोजक संस्था गौमुखी दलित उत्थान समाज प्युठानका अध्यक्ष प्रविण बिकले बताउनु भएको छ ।

कार्यक्रम पछि सयुक्त फोटो बिद्यार्थी, आयोजक संस्थाका व्यक्तिहरु, शिक्षक, अतिथिहरुको दृश्य

न्यौपानेले गरेको सहयोग एक कार्यक्रमका बिच बिहिबार ७ जना बिद्यार्थीलाई ७ हजार ७ सयका दरले छात्रवृति स्वरुप ५३ हजार ९ सय रकम बितरण गरेको हो । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसा सुनारले शिक्षा जस्तो पबित्र कार्यमा बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग सबै पक्षले गर्नुपर्ने बताउनु भएको थियो । गौमुखी गाउँपालिका ४ का वडा अध्यक्ष तुक बहादुर केसीले निजि क्षेत्रबाट यस्ता सहयोग हरेक क्षेत्रमा हुनु पर्ने बताउनु भएको थियो ।

बिहिबार बिद्यालयमा गरिएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमानन्द न्यौपानेले यस्ता खालका प्रोत्साहनले बिद्यार्थीलाई पढन पाठनमा ठूलो सहयोग पुग्ने बताउदै सहयोग गर्ने डाक्टर न्यौपानेलाई धन्यवाद व्यक्त गरेका थिए । न्यौपानेले आफु सुबिधा भएको देशमा भए पनि आफ्नो गाँउ जिल्लामा अन्य सहयोग गदै आएको गौमुखी दलित उथान समाज प्युठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *