योग साधनामा षट्कर्मको अध्ययन
डा. ओमहरी भट्टराई ( योग प्राणायाम बिषयमा बिद्याबारिधि )
योग साधनाका क्षेत्रमा हठयोग षट्कर्ममा जून फाइदा हुन्छ, त्यो प्राणायाम साधनाबाट पनि फाइदा हुन्छ । अन्तर केवल समयको हो । जून घरमा फोहोर धेरै फैलिन्छ, त्यसलाई फाल्न कुचोको सहायताले हटाउन सकिँदैन भने त्यसलाई हटाउन कोदालो एवम् धोक्रो र बोराको आवश्यकता पर्दछ, यसै गरी शरीरमा एकत्रित जम्मा भएको मललाई शीघ्र हटाउन षट्कर्मको आवश्यकता पर्दछ । अर्थात् जुन पुरुषको मेद तथा श्लेषमा धेरै बढेको छ, त्यस पुरुषले प्राणायामको साधनाभन्दा पहिला यी छ कर्मबाट शरीर शुद्धि बनाई विचित्र गुण प्राप्त हुनुका साथै शरीरमा रहेको मल तथा विजातीय तत्व नाश हुने विश्वास षट्कर्ममा पाइन्छ । योग साधनाका क्षेत्रमा हठयोग साधना योग परम्पराको एक अनुपम देन हो । शरीरमा वात, पित्त, कफ त्रिधातुको समिश्रण हुन्छ ।
उक्त त्रिधातु वा गुणको असन्तुलनलाई ठिक राख्न र शरीर शोधनका लागि षट्कर्मको अभ्यास गर्ने विषयमा योग पद्धति र हठयोगमा उल्लेख गरिएको पाइन्छ । हठयोगका मुख्य लक्षणमा षट्कर्म (नेति, धौति, वस्ति, नौलि, त्राटक र कपालभाति) र नाडी शोधन आदि मानिन्छन् । योगाभ्यासीले शरीरमा त्रिधातु सम भएमा नित्य षट्कर्मबाट शुद्धि गर्नुपर्दछ । अन्य शिष्यहरूलाई पनि षटकर्मबाट शुद्धि हुने उपदेश दिनुपर्दछ । तनाव वा आहारविहारलाई ध्यानमा राखी सदगुरुको उपस्थितिमा षट्कर्म गर्नुपर्दछ । वास्तवमा दायाँ वायाँ घुमाउने रहस्य कितवामा पढेर जान्न सकियता पनि कठिन अवश्य छ । यसलाई अनुभव गरेर केहि सम्निmनु राम्रो हुन्छ । पद्यमासन, सिद्धासन वा उत्कटासन लगाएर जब शौच स्नान गरेर पेट हल्का भएमा रेचक गनु्ृपर्दछ । वायुलाई बाहिर रोकेर मनोबलपूर्वक पेटलाई दायाँ देखि वायाँ र वायाँ देखि दायाँ चलाउने अभ्यास गर्नुपर्दछ, जसले पेट मुलायम हुन्छ । यस क्रियालाई आरम्भ गर्नुभन्दा पहिले पश्चिमतानासन र मयूरआसन अभ्यास गरेमा छिटो फाइदा
मिल्दछ । नौली ले मन्दाग्नि तथा अन्न पाचनलाई आनन्द पूर्वक पचाउन मद्दत गर्दछ । विभिन्न प्रकारका वात दोष तथा रोगहरुलाई शोषण गर्दछ । यो नौली हठयोगका सम्पूर्ण क्रियामा उत्तम मानिएको छ ।
नौलीको साधनाले पाचन प्रणालीमा रहेका विभिन्न समस्याहरुका साथै मल बाहिर निकाल्नलाई स्वभाविक मद्दत गर्दछन् नौली गर्ने समयमा श्वासको क्रिया रोकिन्छ यस प्रकारको नौली गर्नाले कण्ठको समिपमा एक सुन्दर स्वाद प्राप्त हुन्छ । यस नौलीको साधनाले त्रिबन्ध सुगम बन्न जान्छन् यो नै प्राणायामको सिढि हो । धौति, वस्तिमा पनि नौली को आवश्यक्ता हुन्छ ।
यस्तो अति महत्वपूर्ण विषयका सम्बन्धमा विभिन्न आधार बनाई अनुसन्धान गरिने प्रस्तुत शोध सबैका लागि उपयोगी र महत्वपूर्ण साधना बन्ने छ । यसैले यसका औचित्यलाई निम्नानुसार निर्धारण गरिएका छ ।
१) योगाभ्यासमा कुनै जाती, भाषा, धर्म, लिङ्ग र विचार भन्दामाथि उठेका दर्शनका रूपमा योगदर्शनलाई स्वीकारेका छन् । जसममा योग साधनाका माध्यमबाट सबै मानिसले परम शान्ति प्राप्त गर्न सक्दछन् । विभिन्न काम, क्रोध, लोभ, मोह, अहङ्कार, स्वार्थ र भ्रष्टाचार जस्ता खराब आचरणलाई निरुत्साहित गरी स्वास्थ्य राम्रो गराउने साधन बन्न सक्छ ।
२) विभिन्न योगऋषि र गुरुहरूका अनुसार योग साधनाका लागि उपर्युक्त बिहानको समय र खुल्ला हावा युक्त ठाउँ र खाली पेटमा योगाभ्यास गर्न राम्रो हुन्छ ।
३) योग–प्राणायामको साधना योगी, रोगी, भोगी र निरोगी सबैले गर्न सक्दछन् ।
४) मानिसहरूमा रहेका विभिन्न रोगहरूलाई प्राणायामको साधना गरेर हटाउन सकिने र स्वास्थ्य राम्रो बनाउनमा महत्वपूर्ण भुमिका गर्ने भएकोले प्राणलाई महाऔषधिका रूपमा लिन सकिन्छ ।
५) यौगिक आसन एवम् प्राणायामको मुख्य लक्ष्य स्वस्थ शरीर र शान्त मन प्राप्त गर्नु हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।
६) प्राणायामअन्तर्गत भस्त्रिका, कपालभाति, अनुलोम–विलोम, भ्रामरी र उद्गीथ प्राणायाम सबैभन्दा सस्तो, सरल र निशुल्क प्राप्त गरिने तर गुरुको सहयोगमा साधना गर्न सकिने कुरा जानकारि गराइन्छ ।
७) योगाभ्यास एवम् प्राणायाम क्रियाकलापका बारेमा दिन प्रतिदिन मानवहरूको चासो बढ्दै गएपनि व्यवस्थित र उचित तरिकाले यौगिक क्रियाकलाप सञ्चालन गर्न सम्बन्धित निकाय स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार र अन्तराष्ट्रिय जगत वा सवै देशहरूले लगानि र चासो दिएमा विश्वको कल्याण हुने देखिन्छ ।
८) मानिसहरूमा रहेका विभिन्न प्रकारका रोगहरू निवारणका लागि विभिन्न यौगिक आसन एवम् प्राणायामलाई नियमित अभ्यास गरेमा विभिन्न समस्याहरूबाट मुक्ति पाउन सकिन्छ ।
९) यस अध्ययन, अनुसन्धान प्रबन्धले ऐतिहासिक रूपमा योग साधनाका बारेमा जान्न, बुझ्न र चाहना राख्नेहरूलाई ज्ञान प्रदान गर्न मद्दत मिल्ने छ ।
१०) योग साधना प्राणायामको प्रयोगात्मक अभ्यास गरेमा पूर्णरूपमा स्वास्थ्य राम्रो
हुनेछ । योग साधनाका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि थोरै मात्रामा भए पनि सन्दर्भका रूपमा सहयोग मिल्ने छ ।
११) योगपद्धतिमा रहेका विभिन्न प्रकारका अस्पष्टतालाई क्रमबद्ध रूपमा व्याख्या तथा विश्लेषण गरिएको छ । यसलाई आधार मानी योग साधक साधु, सन्त, महन्त, योगीजनहरूलाई समाज एवं विश्व कल्याणाकालागि सहयोग मिल्ने छ ।
१२) यस अनुसन्धान प्रबन्धले विश्वमा योगका परम्परा र विकासमा महत्वपूर्ण सहयोग मिलेमा यस अनुसन्धानको उपलब्धि हुने छ भन्नेमा आशावादी रहेको छु ।
लेखक ः योग प्राणायाम बिषयमा बिद्याबारिधि गर्नु भएको छ ।