२०७८, ३० चैत्र बुधबार १५:५८

लिखत पारितको एक सय बर्ष पुरा

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, ३० । सूचना प्रबिधिले जग्गा सम्बन्धि लिखत काम सहज बनाएको तर प्राबिधिक रुपमा केही समस्या भएको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको छ । अनलाइन प्रकृयाले गर्दा व्यवहारिक रुपमा काम गर्न केही कठिनाइ हुने प्रजिअ नेपालले बुधबार लिखत पारित भएको १ सय वर्षको अबसरमा मालपोत कार्यालय प्यूठानले आयोजना गरेको कार्यक्रममा बताउनु भएको हो । सरकारी जग्गा संरक्षण गरी सरकारको मातहमा ल्याउने योजना रहेको नेपालको भनाई रहेको थियो ।

सेवा प्रवाहलाई छिटो छरितो बनाउन कार्यालय लागी परेको भन्दै सेवाग्राहीलाई शौचालय खानेपानी बस्नको लागी प्रतिक्षालयको व्यवस्था गरिएको मालपोत कार्यालय प्यूठानमा मालपोत अधिकृत भोज बहादुर भण्डारीले बताउनु भएको थियो । जग्गा पासमा अनलाइन सेवा सुरु भए पछि पार्दर्शिता शुसानमा प्रभावकारी काम भएको लेखापढी कानून व्यवसायी संघ प्यूठानका जिल्ला अध्यक्ष बोधिप्रसाद पोख्रेलले उल्लेख गर्नु भएको थियो ।

जिल्लाका पत्रकार तथा उपस्थितहरुले अनलाइन सेवामा कहिले काही समस्या आउने तथा जग्गा सम्बन्धि दररेट राख्ने कुरा नमिलेको भन्दै बैकल्पिक इन्टरनेटको सुबिधा, बाटोहरुको लगत कट्टा गर्नु पर्ने, गुठी जग्गाको समस्या समाधान गर्न कार्यालयले ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

स्थानीय तहका जनप्रतिनिधि, लेखापढी व्यवसायीहरु, संचारकर्मीको उपस्थितिमा भएको लिखत पारित सतबार्षिर्की कार्यक्रमको अध्यक्षता मालपोत अधिकृत भोजबहादुर भण्डारी, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको रहेको थियो भने स्वागत मन्तव्य नापि अधिकृत सुरेश भण्डारी, संन्चालन नारायण घिमिरेले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *