२०७९, २ बैशाख शुक्रबार १६:४७

प्यूठानका छबि बने, प्रदेश पूर्वाधारको सिइओ

प्यूठान जागरण डटकम
बैशाख, २ । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ । प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गर्ने निर्णय गरिएको थियो ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले छबि पोख्रेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!