२०७९, ३ बैशाख शनिबार २०:५५

निर्वाचनमा सीमान्तकृत समुदायको सहभागीता बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लोकेन्द्र सुनार÷प्यूठान जागरण
बैशाख, ३ । संचार माध्याममा दलित समुदायका व्यक्तिको उपस्थिति भएमा मात्र दलित सवालका बिषयहरु अझ बढी समाबेश हुने जागरण मिडिया सेन्टरका अध्यक्ष कमला बिकले बताउनु भएको छ । शनिवार प्यूठानमा स्थानीय निर्वाचनमा सीमान्तकृत समुदायको सहभागीता तथा संञ्चारको भूमिका बिषयक सञ्चारकर्मीका लागी १ दिने अभिमुखीकरण कार्यक्रममा बिकले स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायको उल्लेख सहभागीतामा सबै क्षेत्रले सहयोग गर्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजालले मानिसको धारण परिवर्तन गर्ने कुरा निकै चुनौतीपूर्ण हुने बताउनु भएको थियो । समाजमा जेलिएको जालोलाई वा अन्धबिश्वासलाई समाजबाट फाल्न अझै केही कृयाकलापहरु गर्नु पर्ने आबस्यकता रहेको बताउनु भएको हो ।
नेपालको दलित आन्दोलनलाई पत्रकारिता क्षेत्रले जस्तै राजनैतिक क्षेत्रले काम गरीदिएको भए निकै फड्को मार्ने रिजालले बताउनु भएको हो । नजिकएको निर्वाचनमा पैसाले सीमान्तकृत समुदायको मतलाई प्रभावमा पर्न सक्ने भन्दै यस बिषयमा जागरण पैदा गर्न पर्ने रिजालले बताउनु भएको थियो ।

मानिस दलित भएर बसे पछि दलितको पिडा थाहा हुने कुरा स्मरण गराउदै पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले सबै निकायले पत्रकारहरुले उठाएका बिषयमा गम्भिर बन्न आग्रह गर्नु भएको छ । भण्डारीले कार्यक्रममा बोल्दै भन्नुभयो सीमान्तकृत समुदाय दलितहरु गरिबी शिक्षाको अभावका कारणले समाजमा धेरै समस्या भोगी रहेको कुरा बताउनु भएको हो ।
कार्यक्रममा सहभागीहरुले पछाडि परेका बर्ग समुदायको मत निर्वाचनको बेला पैसाको प्रलोभन देखाई खरिद गर्नेसम्मको काम हुने भएकाले यस्ता बिषयमा सचेत रहन सबैले भूमिका खेल्नुपर्ने बताएका थिए ।
जागरण मिडिया सेन्टरले बिगत २२ बर्ष देखी समाजका बिभिन्न बिषयमा अभियान्ताको रुपमा कार्यक्रम सञ्चालन गदै आएको छ । सीमान्तकृत समुदायको कुराहरु समेटीएका समाचारहरु न्यूज बैंकको रुपमा सग्रह गरी राखेको संस्थाले जनाएको छ । सोही कार्यक्रम जागरण मिडिया सेन्टरले नवलपरासी, दाङ्ग र प्यूठानमा गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *