२०७९, ४ बैशाख आईतवार १६:१४

स्वर्गद्धारीमा गठबन्धनको भागबण्डा मिल्यो

प्यूठान जागरण डटकम
बैशाख ४ । प्युठानको स्वर्गद्वारी नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धन गरी जाने सहमति भएको छ । आइतबार नेपाली काग्रेस नगर सभापति गिर बहादुर घर्तिमगरको संयोजकत्वमा बसेको सयुक्त बैठकले अन्तिम सहमति गरेको राष्ट्रिय जनमोर्चाका नेता इमान सिह खडकाले जानकारी दिनुभयो ।

नगरपालिकाको नगर प्रमुख नेपाली काग्रेस, उपप्रमुख राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ । यस्तै वडा तहमा ४ वटा राष्ट्रिय जनमोर्चालाई, ३ वटा नेपाली काग्रेस र २ वटा वडा नेकपा माओबादी केन्द्रलाई दिने अन्तिम सहमति भएकोे छ ।

जुन वडामा दलको अध्यक्ष हुन्छ त्यही चिन्ह लिएर निर्वाचनमा जाने सहमति बैठकले गरेको एक बिज्ञप्ती मार्फत संयुक्त रुपमा जानकारी गराएको छ । जिल्ला स्तरमा सत्ता गठबन्धको सहमति नजिक पुगेको तर सहमति हुन नसकेको दलहरुले बताएका छन । पालिका स्तरमा बैठक चलि रहेको हुँदा स्थानिय स्तरबाट चुनावमा गठबन्धन गरेर जाने सहमति हुन सक्ने संभावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *