२०७९, ५ बैशाख सोमबार १५:५३

बहुमत राजमोले जितेको ठाँउमा काग्रेस–माओबादी बीच तालमेल

लोकेन्द्र सुनार, प्यूठान जागरण
५ बैशाख । प्यूठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा बिना नै काग्रेस माओबादी बीच तालमेल गर्ने सहमति भएको छ । सोमबार एक बिज्ञप्ती मार्फत गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्र र उपाध्यक्षमा काग्रेसले पाउने गरी सहमति भएको हो ।
वडा तहमा पनि दुवै पार्टीले सहमतिका आधारमा बाँडफाँड गर्ने निर्णय भएको छ । वडा तहमा वडाध्यक्ष जुन पार्टीलाई भाग पर्छ सोही पार्टीको चिह्न लिएर चुनावमा जाने सहमति भएको छ । गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा लगायतका अन्य दलहरूसँग पटक–पटक छलफल गर्दा पनि सहमति नभएपछि दुई पार्टीबीच मात्रै साझा उम्मेदवार तय गर्ने निर्णय भएको कांग्रेस र माओवादीले जनाएका छन् ।


यसैबिच राष्ट्रिय जनमोर्चाले गठबन्धनमा केन्द्रिय निति तथा आधारमा तालमेल गर्ने कुरालाई काग्रेस माओबादीका साथीहरुले सहमति भन्दा बाहिर गई समहत गर्न खोज्दा सत्ता गठबन्धमा समस्या पैदा गरेको राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन छैठौका केन्द्रिय महासचिव सुवास जिसीले बताउनु भयो । काग्रेस माओबादीका साथीहरुले राष्ट्रिय जनमोर्चाका कारण लुम्बिनी र गण्डकी प्रदेशमा सत्ता समालेको कुरा भुल्न नहुने नेता जिसीले प्यूठान जागरण डटकम संग बताउनु भएको छ ।
बहुमत सख्या सहित झिमरुक गाउँपालिका राष्ट्रिय जनमोर्चाले जितेको पालिका हो । गत निर्वाचनमा जम्मा ४२ जना जनप्रतिनिधिमा राष्ट्रिय जनमोर्चाका तर्फबाट २८ जना गाउँपालिका निर्वाचित भएका थिए । माओबादी–काग्रेस बिचको तालमेलले राष्ट्रिय जनमोर्चाको बलियो आधार इलाकामा गठबन्धन बिच भएको असहमितले जिल्लामा तरङ्ग पैदा गरेको छ ।
गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए । यस्तै प्यूठानको स्वर्गद्धारी नगरपालिका, सरुमारानी गाउँपालिकामा संयुक्त रुपमा सत्ता गठबन्धनको तालमेल गर्ने पहिला नै सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *