२०७९, ८ बैशाख बिहीबार १५:१०

झिमरुकमा सत्ता गठबन्धन बीच तालमेल नहुने

प्यूठान जागरण डटकम
बैशाख ८ । नेपाली काग्रेसका झिमरुक सभापति मिनराज भट्टराईको संयोजकत्वमा बसको सत्ता गठबन्धन बैठकले स्थानीय तहको बैशाख ३० गते हुने चुनावमा एक्ला एक्लै जाने सहमति गरेको छ ।
पटक पटक बसेका छलफल निष्कर्ष बिहिन भए पछि मित्रवत व्यवहारका साथ चुनावमा जाने सहमति भएको राष्ट्रिय जनमोर्चाका नेता सुबास जिसीले जानकारी दिनुभयो ।
गठबन्धन बिच केन्द्रको बटमलाइन अनुसार छलफल नहुँदा तालमेल हुन नसकेको नेताहरुले बताएका छन । प्यूठानको स्वर्गद्धारी नगरपालिका, सरुमारानी गाउँपालिका र माण्डबी गाउँपालिकामा तालमेल गरेर चुनावमा जाने सहमति स्थानीय स्तरमा भै सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!