निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्यूठान जागरण डटकम
बैशाख ८ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारी निर्वाचन आयोग प्यूठानले द्रुत गतिमा तयारी गरेको बताएको छ । बिहिवार प्यूठानका सबै नगरपालिका, गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको निर्वाचन कार्यालय प्यूठानका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभयो ।
जिल्ला स्तरमा सबै सरोकारवाला तथा राजनैतिक दलहरु बिच बैठक बसी निर्वाचन आंचार संहिताको कार्यक्रम लागु गरिएको श्रीबास्तवले बताउनु भयो । आउदो निर्वाचनलाई मर्यादित बनाउन दलहरुले सहमति गरेका छन् ।
अव निर्वाचन अधिकृतको कार्यालय स्थापना भए पछि पालिका स्तरमा बैठक बसी थप तयारी गरिने छ । चुनाव आचार संहिता पालना नगरेमा कानून बमोजिम कार्वाही गरिने निर्वाचन आयोगले बताएको छ ।