२०७९, ९ बैशाख शुक्रबार १७:०४

प्यूठानमा एसइई परिक्षा दिन ४ हजार ४ सय ३३ जना सहभागी

प्यूठान जागरण डटकम
बैशाख ९ । प्यूठानबाट एसइइको परिक्षामा ४ हजार ४ सय ३३ जना बिद्यार्थी परिक्षामा सहभागी भएका छन । भुबनेश्वरी माबि खैरा स्कुलबाट ५ जना बहिरा अपाङ्गता भएका बिद्यार्थी पनी यस बर्षको परिक्षामा सहभागी भएका छन । जिल्लामा परिक्षा मर्यादित बनाउन सबै व्यवस्थापन गरीएको शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख सिब पण्डितले जानकारी दिनु भयो ।

यस्तै ५ जना हातको समस्या भएकाहरुले कक्षा ९ का सहयोगी बिद्यार्थी राखी परिक्षा दिएका छन । जिल्लामा १६ वटा केद्र, केन्द्राअध्यक्ष २ जना, निरीक्षक आबस्यकताका आधारमा राखीने व्यवस्था केन्द्रमा रहेको शिक्षा इकाईका प्रमुख पण्डितले बताउनु भएको छ ।
यस भन्दा पहिलाका परिक्षा कोरोना भाइरसका कारण बोर्डले आन्तरिक मुल्याङ्ककनका आधारमा नतिजा प्रकाशन गरेको थियो । यस पटकको एसइईको परिक्षा साधारण धारको १७ गते र प्राबिधिक धारको २० गते सम्म परिक्षा चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *