२०७९, १४ बैशाख बुधबार १६:०३

हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय

प्यूठान जागरण डटकम
१४ वैशाख, काठमाडौं । मन्त्री परिषदको बैठकले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।
सरकारी तथा निजि क्षेत्रबाट खर्च कटौती, इन्धनमा संन्चिति गरी आर्थिक व्यवहार कम गराउन यस्तो निर्णय गरिएको कतिपयको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *