२०७९, १४ बैशाख बुधबार १७:१८

स्थानीय तहमा नागरिक समाजको सहभागीता बिषयमा अन्तरकृया कार्यक्रम

प्यूठान जागरण डटकम
बैशाख, १४ । नागरिक समाजको सहभागीता तथा निति निमार्णमा समाबेशीताको सवालमा एक दिने अन्तरकृया कार्यक्रमका सहभागीहरुले देशमा भएको तिनवटा सरकारका संरचनाहरुले नागरिक समाजलाई दिने सेवाका कमजोरी भएको गुनासो व्यक्त गरेका छन ।
जिल्ला स्तरीय नागरिक समाज सञ्जालले आयोजना गरेको कार्यक्रममा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य सूर्य बहादुर नेपालीले जनप्रतिनिधि पनी आफ्नो पदिय कुरालाई छोडेर नागरिक सम्झी जनताका कामहरु सजिलै गर्नुपर्ने बताउनु भएको छ । उहाँले आफु जनप्रतिनिधि भएर ५ बर्ष काम गर्दा जनचेतनाको अभावले काम गर्दा पनि नागरिकको गाली खानु परेको कुरा उल्लेख गर्नुभएको थियो । नागरिक समाज र स्थानीय तह बिच राम्रो सम्बन्ध हुनु पर्नेमा नेपालीले जोड दिनुभएको थियो ।


यस्तै कार्यक्रममा जिल्ला स्तरीय नागरिक समाज सञ्जालका सचिव पत्रकार लोकेन्द्र सुनारले नागरिक समाजको सहभागीता तथा निति निमार्णमा समाबेशीताको सवाल बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाबाट झिमरुक गाउँपालिका नगरपालिकाबाट प्यूठान नगरपालिकाको बनेका निति, कार्यबिधि, ऐन र तीनको कार्यान्वयनको अबस्था बारे कार्यपत्रमा समेटी प्रस्तुत गर्नुभएको थियो ।
सुनारले प्रस्तुत गरेको कार्यपत्रमा केही मात्रामा स्थानीय तहले निति ऐन कार्यान्वयमा राम्रो भएको तर धेरै बिषयमा स्थानीय तहले नागरिक समाज संग प्रत्यक्ष संबाद गरी निति बनाएमा कार्यान्वयमा सहज हुने उल्लेख गर्नुभएको थियो । स्थानीय तहका कमजोरी भएको कामको बारेमा समिक्षा, सूचनाको हक, निति कार्यान्वयको अबस्था बारे आगामी दिनमा नागरिक समाज संग समन्वय गरी अगाडी बढने बारे कार्यपत्रमा प्रकाश पारिएको थियो ।


कार्यक्रममा हरप्लेस प्यूठानका कार्यक्रम अधिकृत पम्फा पन्तले नागरिक समाजले स्थानीय तहले गरेका काम सुक्ष्मरुपमा हेरी समस्या देखेमा कमजोरी औल्याउनु पर्ने बताउनु भएको थियो । सरकारले सबै कुरा थाहा नपाउन सक्छ त्यसैले नागरिक समाजका अगुवाहरु जहिले पनि स्थानीय सरकारको सहयोगीको भूमिकामा रहने बताउनु भएको थियो ।
हरप्लेस प्यूठान, यूएस.ए.आइडिको सहयोगमा खंलगामा भएको कार्यक्रमको अध्यक्षता राधिका खड्काको रहेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य जिल्ला स्तरीय नागरिक समाज सञ्जालका सदस्य दामोदर शर्माले गर्नुभएको थियो । सहभागीहरुले नागरिकका बिषयमा यस्ता खालका छलफल महत्वपूर्ण हुने भएकाले स्थानीय तह संग पून कार्यक्रम गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *