२०७९, १५ बैशाख बिहीबार १६:५४

स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न आग्रह

प्यूठान जागरण डटकम
बैशाख, १५ । स्थानीय तहको निर्वाचन २०७९ मा बालबालिकाको प्रयोग नगर्न जिल्ला स्तरीय नागरिक समाज संजाल प्यूठानले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला निर्वाचन कार्यालयलाई बोदार्थ हुने गरी ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ध्यानाकर्षण पत्र बुझ्दै बालबालिकालाई चुनाव प्रचार प्रसार लगायत अन्य कार्यमा संलग्न हुन नदिन मुख्य निर्वाचन अधिकृत तथा पालिकाका निर्वाचन अधिकृत मार्फत सम्बन्धित दल सम्म सचेत बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।


यस्तै जिल्ला स्तरीय नागरिक समाज प्यूठानका अध्यक्ष नेत्रमणी आचार्य र सचिव लोकेन्द्र सुनारद्धारा हस्ताक्षर गरीएको ध्यानाकर्षण पत्रमा यस भन्दा पहिलाका निर्वाचनमा प्रचार प्रसार गर्न बालबालिकाको प्रयोग भएको पाइएको कुरा उल्लेख गदै निर्वाचनको समयमा बिद्यालय बन्द हुने तथा बिद्यार्थीलाई निर्वाचनमा प्रचुर मात्रामा प्रयोग हुने भएको १८ बर्ष मुनिका बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न आग्रह गरीएको छ ।
ध्यानाकषर्ण पत्रमा भनिएको छ “बाल अधिकार सम्बन्धी महासन्धी १९९० अनुसार धारा ३७ लगायत अन्य कुरामा गरीएका व्यवस्था अुनुसार बालबालिकालाई यस्ता कुरामा प्रयोग गरीएमा हुने कानूनी प्राबधानको बिषयमा जिल्ला स्तरमा सचेत बनाउन हामी जोडदार माग गर्दछौ” । बालबालिकालाई यस्ता कार्यमा लगाउदा पढाईमा समस्या हुने, मनोसामाजिक रुपमा समस्या आउने लगायतका बिषयमा नागरिक समाजको ध्यान केन्द्रित भएको हुँदा उक्त बिषय उठाउन गरीएको जिल्ला स्तरीय नागरिक समाज संजालका अध्यक्ष नेत्रमणी आचार्यले बताउनु भएको छ । कार्यक्रममा नागरिक समाजका अगुवा, पत्रकार, कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *