२०७९, १५ बैशाख बिहीबार १८:०२

स्वर बोलाईमा समस्या भएकालाई २ दिने तालिम खंलगामा सुरु

लोकेन्द्र सुनार, प्यूठान जागरण
बैशाख, १५ । नेपाल भकभके संघले प्यूठानमा बिहिबार, शुत्रबार स्वर बोलाईमा समस्या भएका व्यक्तिहरुलाई बोलाइको थेरापी सहितको तालिम खंलगामा सुरु गरेको छ । बिहिबार प्यूठान उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले स्वर बोलाइमा समस्या भएका व्यक्तिहरुले जति बोल्दै गयो त्यति समाधान हुने कुरा बताउनु भएको थियो । यो स्वर बोलाइ समस्या मानसिक तथा शारिरीक रुपमा जोडिएको बताउनु भएको थियो । घर परिवार अन्यको सकारात्मक सहयोग भएमा समाधान हुने बताउनु भएको थियो ।

नेपाल भकभके संघका केन्द्रिय अध्यक्ष रबिन कुमार मैनालीले स्वर बोलाइको समस्यालाई पनि सरकारले अपाङ्गताको परिभाषा भित्र राखेको हुँदा सेतो र पहेलो कार्ड पाउने व्यवस्था भएको बताउनु भएको थियो । २ दिन सम्म प्यूठानमा स्वरबोलाईमा समस्या भएकाहरुलाई स्वर थेरापी लगायत अन्य कुराहरु सिकाइने मैलानीले बताउनु भएको थियो ।
नेपाल भकभके संघका कोषाध्यक्ष शंकर प्रसाद गौतमले सन २ हजार ३ मा नेपालमा डेनमार्कको सहयोगमा स्वरबोलाइका समस्या भएका व्यक्तिहरुलाई संगठित गरी संस्था संचालन गरीएको कार्यक्रममा बताउनु भएको थियो ।
नेपाल भकभके संघको आयोजना महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा कार्यक्रम गरीएको छ । संस्थाका केन्द्रिय अध्यक्ष रमन कुमार मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिह केसीले गर्नुभएको थियो । २ दिन सम्म चल्ले तालिममा प्यूठानका करिब ३० जनाको सहभागीता रहने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *