निर्वाचन आचार संहिता बारे पत्रकार संग छलफल
लोकेन्द्र सुनार÷प्यूठान जागरण
बैशाख, २१ । प्यूठानमा स्थानीय तह निर्वाचन मर्यादित बनाउन पत्रकार संग आचार संहिता बारे छलफल गरीएको छ । निर्वाचनको बेला प्रचार प्रसार गर्न नहुने कुरा जिल्लामा भएको पाइएमा कानून बमोजिम कार्वाही गरीने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानमा पत्रकार संग भएको कार्यक्रममा प्रजिअ नेपालले मौखीक रुपमा हामीलाई निर्वाचन आचार संहिता बिपरित काम भएको भनि आएको तर लिखीत रुपमा उजुरी कही कतै नपरेको बताउनु भएको थियो । निर्वाचनको समय अबधिभर मानिसका अत्याबस्यक माल सामान, खाद्यन्न, स्वास्थ्य क्षेत्रका कुरा, सञ्चार लगायतलाई व्यवस्थित बनाउने योजना बनाएको नेपालले बताउनु भएको हो ।
आचार संहिता नमान्ने कुनै पनि दलका उमेद्वारलाई पटक–पटक सचेत बनाउने यदि नमानेमा उमेद्वारी खारेज गर्ने सम्मको निर्देशन निर्वाचन आयोगबाट आएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकृत राजन श्रीस्वातवले जानकारी गराउनु भएको थियो । २७ गते साझ सम्म प्रत्येक मतदान स्थलमा कर्मचारी पुगी सक्ने गरी व्यवस्था गरीएको श्रीवास्तवले बताउनु भएको थियो ।
नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजालले सञ्चार माध्यामलाई आबस्यक पर्ने समाचारको स्रोतलाई सहज बनाउन पहल गर्नुपर्नु बताउनु भएको थियो । निर्वाचनको बेला रिपोङ्गि गर्नका लागी पत्रकारलाई प्रेस पास व्यवस्थित गर्न आग्रह गर्नु भएको थियो । नौ वटा स्थानीय तहमा निर्वाचन सम्बन्धी सूचना व्यवस्थित बनाउन पत्रकार महासंघ समन्वय गरी सूचना पत्रकारलाई उपलब्ध गराउन पहल गरीने जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।