झिमरुक गापा १ वडामा धुर्व बिजयी

प्यूठान जागरण डटकम
जेष्ठ १ । झिमरुक गाउँपालिका १ नं वडामा नेकपा एमालेको तर्फका उमेद्धार धुर्व खनाल अध्यक्षमा बिजयी भएका छन । शनिबार राती अबेर सम्म चलेको मतगणना अनुसार बिजयी धुर्व खनालले १ हजार नौ मत प्राप्त गरी ६ सय १९ मत प्राप्त गर्ने वडा अध्यक्षका प्रत्यासी राम बहादुर जिसीलाई ३ सय ९० मतान्तरले पछि पादै बिजय भएका हुन । खनाल यस भन्दा पहिला पनि सोही वडाको वडा अध्यक्ष निर्वाचित भएका थिए ।
१ वडा गन्दा गाउँपालिका अध्यक्षमा (हसीया थथौडा) पित बहादुर एमसीको मत ९ सय ८० मत प्राप्त भएको छ भने (गिलास) टिका बहादुर जिसीको मत ५ सय ६८ मत प्राप्त भएको छ । यस्तै उपाध्यक्षमा (सुर्य) बिष्णा घर्तिमगरले अहिले सम्मको मतगणना अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा करिब ४ सय मतको अन्तरमा एमाले, माओबादी केन्द्रका उमेद्धार अगाडी रहेको तथ्याङ्कले देखाएको छ ।