नागरिक समाजका अगुवालाई नेतृत्व बिकास प्राणाली सम्बन्धी तालिम

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
रोल्पा, १० । प्यूठान, रोल्पा, सल्यान र रुकुम जिल्लाका नागरिक समाज, सञ्चार क्षेत्रमा काम गर्ने अभियान कर्ताहरुलाई नेतृत्व बिकास प्रणाली सम्बन्धी २ दिने तालिम जेठ ९ र १० गते रोल्पामा गरिएको छ । रोल्पाको हेरीटेज होटलमा भएको कार्यक्रममा पारस्पारिक जवाफदेहीता परियोजनाका परियोजना पैरवी सल्लाहकार भोला भट्टराईले स्थानीय नागरिक समाजका प्रतिनिधिको क्षमता बिकास गरी परियोजना पछिको दिगोपनाका लागी पैरवी गर्न, शुशासनको पक्षमा काम गर्न अभियानकर्ताहरुलाई तालिम आयोजना गरीएको बताउनु भएको छ । मानिसले चाहेमा पद वा शक्तिमा नभई अन्य ठाँउमा रहदा पनि नेतृत्व गरी सामाज सेवा गर्न सक्ने हुँदा नेतृत्व बिकासमा सिर्जनशिलता आबस्यक रहने तालिमलाई सम्बोधन गदै भोला भट्टराईले बताउनु भएको हो ।
यस्तै पैरवी सल्लाहकार प्रणव भट्टराईले नेतृत्व बिकासको क्षेत्रमा प्रणालीलाई सुधार गरी सबै क्षेत्रमा सुधार तथा प्रभावकारी काम गर्न तालिमले सहयोग गर्ने बताउनु भएको छ । नागरिक समाजले सरकारलाई आँखा नपुगेको ठाँउमा सेवा प्रवाह गराउन पहल गर्न निरन्तर लाग्नुपर्ने बताउनु भएको छ ।
हरप्लेसका अध्यक्ष सुनिता बुढाथोकी मगरले संस्थाले बिगत ५ बर्ष देखी शुसाशन पादर्शिता सम्बन्धी काममा आफुहरु लागी परेको बताउनु भएको छ । स्थानीय तहका सरकार संग मिलेर काम गर्ने उहाँले उल्लेख गर्नु भएको छ । कार्यक्रममा हरप्लेस द्धारा सञ्चालनमा रहेको पारस्पारिक जवाफदेहीता परियोजनाका जेसी सम्झना कक्षपतिले पनि सहजीकरण गर्नुभएको छ । तालिममा करिव २५ जनाको सहभागीता रहेको छ ।