हिंसा पिडित महिलाका लागी व्यवस्थित आवास गृह आबस्यक

लोकेन्द्र सुनार, प्यूठान जागरण
जेठ, १३ । जिल्लास्तरमा शक्रबार सिदार्थ सामुदायिक बिकास केन्द्रका प्रतिनिधिको सहभागीता जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा संरक्षण बिषयगत क्षेत्रहरुको समन्वयात्मक बैठक बसी छलफल गरेको छ । प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल रहनु भएको थियो । बैठकलाई सम्बोधन गदै प्रजिअ नेपालले लैङ्गिक हिंसा अन्त्य गर्नका लागी आ–आफ्नो ठाँउबाट जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको थियो ।
महिला, किशोरी, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकका समस्यालाई सबैले साझा रुपमा ग्रहण गरी समाजमा पर्ने समस्यामा एकजुट जुन आबस्यक रहेको औल्याउनु भएको थियो । जिल्लामा प्रभावकारी हिंसा पीडित महिलाहरुका लागी आबास गृह बनाउन पहल गर्ने बताउनु भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले लक्षित बर्ग अन्तरगतका समुदायहरुको बिकास तथा संरक्षणमा यो कार्यक्रमले केही योगदान पु¥याउने बताउनु भएको थियो । जिल्लाको बिजुवार क्षेत्रमा व्यवस्थित हिंसा पिडित महिलाहरुका लागी चाहिने आवास गृह सहितको व्यवस्थित भवन निमाणका लागी सहयोग गर्न जिल्ला संरक्षण बिषयगत क्षेत्र समन्वय समितिले लेखी पठाएको बताउनु भएको थियो ।
जिल्लामा महिला, हिंसामा परेका महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, बिपन्न समुदाय, स्वास्थ्य लगायतका क्षेत्रमा यूएन एफ पिएले सहयोग नगर्दा पनी अभियान जारी राख्नुपर्ने सिदार्थ सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक राम नारायण शाहले बताउनु भएको थियो । उहाँले यूएन एफ पिएले जिल्लामा बिभिन्न ठाँउमा खाद्यान्न, लत्ता कपडा, किशोरीहरुका लागी चाहिने स्वास्थ्यका समाग्री, महिला, हिंसा पीडित महिला, बिपन्न महिला किशोरीहरुलाई स्वास्थ्य लगायतका समाग्री सहयोग गरेको बताउनु भएको छ ।
शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा हिसा पिडित महिलाको क्षेत्रमा भएका गतिबिधिबारे मल्लरानी गाउँपालिका द्वारा सञ्चालित अल्पकालिन सेवा केन्द्र आबास गृहका मनोबिमर्शकर्ता बिमला खडका, ओसीएमसीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रतिनिधिले बैठकमा आफुहरु मार्फत भएका गतिबिधिहरु जानकारी गराएका थिए । प्यूठान खंलगामा सञ्चालन भएको एक मात्र महिला आबास गृहमा बजेटको समस्या रहेको, आबस्यक अन्य सामाग्रीको समस्या भएको आबास गृहका प्रतिनिधिले बताएका थिए ।
सहभागीहरुले युएन एफ पिएको जिल्लामा जनशक्ति व्यवस्थापन गर्न माग समेत गरेका थिए । प्यूठानका सबै स्थानीय तहका प्रमुख, अध्यक्षहरुलाई संगै राखी मनोसामाजिक बिषय, हिंसा पिडित महिलाको बारेमा जानकारी गराई समितिले जिल्लामा व्यवस्थित आबास गृह सञ्चालनमा पहल गर्नुपर्ने आबस्यकता रहेको समिक्षा गरिएको थियो । कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय खंलगा प्यूठान, सहकार्य सिदार्थ सामुदायिक बिकास केन्द्र कपिलबस्तु, सहयोग यूएनएफपिएले गरेको थियो ।