मल्लरानी गाउँपालिकामा किशोरी किट बितरण
लोकेन्द्र सुनार, प्यूठान जागरण
जेठ, १४ । मल्लरानी गाउँपालिका खंलगा प्यूठानको ३ र ५ नम्बर वडा कार्यालयमा पुगी मर्यादा किशोरी किट बितरण गरीएको छ । सिदार्थ सामुदायिक बिकास केन्द्र कपिलबस्तुको सहकार्य, यूएनएफपिएको सहयोगमा २१ वटा मर्यादा किशाेरी किट किशोरी तथा महिलाहरुका लागी बितरण गरीएको कार्यक्रम संयोजक रामनारायण शाहले जानकारी दिनुभयो । मल्लरानी गाउँपालिका ३ मा १० वटा मर्यादा तथा किशोरी कीट, ५ नम्बर वडामा ११ वटा मर्यादा तथा किशोरी किट बितरण गरीएको शाहले बताउनु भयो ।
कार्यक्रम सुपरिबेक्षक निस्ता थापाले किशोरी तथा महिलाहरुलाई कीट किन दिएकाे हाे जानकारी दिनुभएको थियो । सामाग्री बितरण कार्यक्रममा प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले यो सानो सहयोग भएता पनी हामीले समाजमा स्वास्थ्य सम्बन्धि कुरामा गंम्भिर भएर लाग्नुपर्ने बताउनु भएको थियो ।
शनिबार मल्लरानी गाउँपालिका ५ नम्बर वडामा भएको एक कार्यक्रममा सोही वडाका अध्यक्ष गोपाल बहादुर थापाले समाजमा बिपन्न वर्ग समुदायलाई यस्ता खालका सहयोग निरन्तर हुनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा पत्रकार, नागरिक समाजका अगुवा, जनप्रतिनिधि, महिलाहरु लगायतको उपस्थिति रहेको थियो ।