२०७९, १६ जेष्ठ सोमबार १८:१४

स्थानीय तहको योजना तर्जुमा गर्दा लक्षित बर्गलाई प्राथमिकता दिन जोड

प्यूठान जागरण डटकम
जेठ, १६ । स्थानीय तहको योजना तर्जुमा गर्दा लक्षित बर्ग समुदायको पूर्ण सहभागीता बिषयक साझा सभा कार्यक्रम सम्पन्न भएको छ । सोमबार खंलगामा जिल्ला स्तरीय नागरिक समाज सञ्जालको आयोजनामा भएको कार्यक्रमा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले निति, नियम, कार्यबिधि, ऐन माथी टेकेर लक्षित बर्ग समुदायलाई गाउँपालिका भित्र हुने हरेक कृयाकलापमा सहभागी गराएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । करिब २ दशक पछि जनताको माझमा जनप्रतिनिधि भएर आएकाले बर्तमान परिस्थिति अनुसार चल्न आफु प्रतिबद्ध भएको बताउनु भएको थियो ।

मल्लरानी गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष कुमार श्रेष्ठले आफु ५ वर्ष पहिला सोही पदमा रहदा सबै लक्षित बर्ग समुदायलाई निति, नियमले दिए सम्म योजनामा ध्यान दिएर काम गरेको बताउदै आगामी दिनमा पनी योजना तर्जुमा गर्दा लक्षित बर्गको क्षेत्रमा सचेत भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा हरप्लेस द्धारा सञ्चालित पारस्पारिक जबाफदेहीता परियोजनाकी परियोजना अधिकृत पम्फा पन्तले वडा, बस्तीस्तरबाट योजना निमार्ण गर्दा लक्षित बर्गलाई साथमा लिनुपर्ने आबस्यकता औल्याउनु भएको थियो । कुनै पनि बाहानामा लक्षित बर्गलाई योजना तर्जुमाका बेलामा उपेक्षा गर्न नहुने पन्तले बताउनु भएको थियो ।

स्थानीय तहमा लक्षित बर्ग समुदाय भित्रको पनि कमजोर अबस्था भएकाहरुलाई प्राथमिकता दिन सहभागीहरुले जोड दिएका थिए । सहभागीहरुले लक्षित बर्गलाई बजेट निमार्ण गर्दा प्राथमिकता नदिने, छुटाए पनी समयमै बजेट प्रभावकारी रुपमा सञ्चालन नहुने लगायतका समस्या रहेको बताएका थिए ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकाको प्रमुख आतिथ्यता, जिल्ला स्तरीय नागरिक समाज सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव लोकेन्द्र सुनारले गर्नुभएको थियो । यसैबिच कार्यक्रममा मल्लरानी गाउँपालिका र वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जिल्ला स्तरीय नागरिक समाज सञ्जालले खादा लगाएर स्वागत सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *