२०७९, १८ जेष्ठ बुधबार १८:३०

यूवक संघ प्यूठान द्वारा जननिर्वाचितलाई सम्मान

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
जेठ, १८ । अखिल नेपाल युवक संघ प्यूठानले स्थानीय तहको निर्वाचनको समिक्षा गदै निर्वाचित जनप्रतिनिधिहरुलाई एक बैठक बसी सम्मान गरेको छ । बुधबार खंलगा राष्ट्रिय जनमोर्चाको पाटी कार्यालयमा बसेको बैठकले निर्वाचनमा यूवक सघं परिचालन भएका बिषयहरुलाई छलफल गरी आगामी आउने संघ प्रदेश निर्वाचनको तयारीमा जुटने भएको छ ।

अखिल नेपाल यूवक संघका जिल्ला पदाधिकारी तथा सदस्यहरु प्यूठानका केही स्थानीय तहको निर्वाचनमा बिजयी भएकोमा बधाई दिदै खादा सहित जिल्ला समितिले सम्मान गरेको हो । अखिल नेपाल यूवक संघ प्यूठानका जिल्ला अध्यक्ष कमल पौडेल मल्लरानी गाउँपालिका १ नम्बर वडाको सदस्यमा निर्वाचित हुनु भएको छ । यस्तै संघका जिल्ला सचिव बरुणध्वज मल्ल गौमुखी गाउँपालिका ५ नम्बर वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

संघका जिल्ला सदस्य हेमराज भट्टराई झिमरुक गाँउपालिका ६ नम्बर वडा सदस्य, मल्लरानी गाँउपालिका २ नम्बर वडा सदस्य सिता पुनलाई खादा टिकाले सम्मान गरेको हो । यस्तै बैठकमा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का तथा प्यूठान नगरपालिका ७ नम्बर वडाका सदस्य धुर्व थापालाई पनी संघले सम्मान गरेको थियो ।

बैठकलाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुुर खत्रीले निर्वाचित सबैलाई कार्यकालको शुभकामना व्यक्त गदै जनताको पक्षमा निडर भएर काम गर्न निर्देशन दिनुभएको थियो । यूवक संघ पाटीको खम्बा भएकाले आउने निर्वाचनमा राम्रो तयारी गर्न जिल्लाको कार्यक्रम तय गर्न पनी निर्देशन दिनुभएको थियो । बैठकमा विभिन्न स्थानीय तहबाट स्थानीय तह निर्वाचन र संघका गतिबिधिहरु बारे रिपोटिङ्ग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *