बिपत प्रतिकार्य योजना बनाउन स्थानीय तह प्रतिबद्ध
प्यूठान जागरण डटकम
जेठ,२३ । बिपतजन्य घटना आगलागी तथा बाढि पहिरो सम्बन्ध कृत्रिम अभ्यास तथा तालिम कार्यक्रम सोमबार प्यूठानमा गरीएको छ । प्यूठान नगरपालिका भित्र पर्ने खेलकुद मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका कार्यबाहक प्रमुख पदम थापाले बिपत बाजा बजाएर नआउने हुनाले बिपत प्रतिकार्य योजना आबस्यक रहने बताउनु भएको थियो । बिपत व्यवस्थापनका लागी प्यूठानका नौ वटै स्थानीय तह मिलेर काम गर्नुपर्ने थापाको भनाई रहेका थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राष्ट्रमा प्राकृतिक तथा गैर प्राकृतिक बिपतका घटना हुने हुनाले सबै सचेत रही बिपत प्रतिकार्य योजना बनाएर जानु पर्ने बताउनु भएको थियो । नेपालमा बिपतको जोखीम निकै बढी भएको औल्याउदै प्रमुख जिल्ला अधिकारी नेपालले नेपालको संबिधानले सूचना, उद्धार, राहात, पुनस्थापना गर्न स्थानीय तहहरुलाई पनि जिम्मेवार बनाएको कुरा व्यक्त गर्नुभएको थियो ।
प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, माण्डबी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी रोशन, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामी, पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजालले निति नियमको परीपालन गरी बिपत जस्तो अति संबेदशिल क्षेत्रमा हातेमालो गरी बिपत प्रतिकार्य योजना बनाई स्थानीय तहमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा झिमरुक खोलामा नेपाली सेना तथा शसत्र प्रहरीहरुले बाढी, पहिरोमा परेकालाई स्थानीय स्तरमा उद्धार कसरी गर्न सकिन्छ भन्ने सन्देश दिन कृत्रिम उद्धार अभ्यास देखाएका थिए । यस्तै खेलकुद मैदानमा घरहरु आगो लागी हुँदा कसरी निभाउने, मानिसलाई कसरी उद्धार गर्ने, प्राथमिक स्वास्थ्य उपचार गर्न तरिका लगाउतका कुराको प्रर्दशन गरीएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख पदम थापा रहनु भएको थियो कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीको थियो भने सन्चालन पत्रकार लोकेन्द्र सुनारले गुर्नभएको थियो ।