२०७९, २५ जेष्ठ बुधबार २१:२५

अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउनु पर्नेमा जोड

माधव खनाल, प्यूठान जागरण डटकम
२५ जेठ भालुबाङ्ग । अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुसिल पोख्रेलले बताउनु भएको छ । अनलाइन पत्रकारितालाई प्रभावकारी रुपमा संचालन गर्न तालिम महत्वपूर्ण हुने बताउनु भएको थियो । उहाँले नया यूगमा प्रविधिले निकै छलाङ मारेकाले पत्रकारिता क्षेत्र पनि यसको सदुपयोग गर्न लाग्नु पर्ने औल्याउनु भएको हो ।

नेपाल पत्रकार महासंघ लुम्बिनि प्रदेश द्वारा आयोजना गरिएको ४ दिने अनलाइन पत्रकारिता तालिमको बुधबार भालुबाङ्गमा उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष बसन्त गिरीले प्रदेशका १२ वटा जिल्लाका पत्रकारहरुलाई ग्रामिण बिकास पत्रकारिता, अनलाईन पत्रकारिता तालिम लुम्बिनि प्रदेशको सहयोगमा गरिएको बताउनु भएको थियो । कार्यक्रममा प्रशिक्षक रबिराज बरालले मन्तव्य राख्दै अनलाईन पत्रकारिताको महत्व र प्राबिधिक पक्षमा प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *