२०७९, ८ असार बुधबार १५:४६

मल्लरानी गापाको आ.व ७९।८० निति तथा कार्यक्रम प्रस्तुत

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार ८ । मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ७९।८० को निति तथा कार्यक्रम बुधबार एक कार्यक्रमका बिच प्रस्तुत गरीएको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पेश गरेको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार बिकास, लैङ्गिक समानता, समाबेशीकरण, सिचाई, उर्जा, संचार, व्यवस्थित शहरीकरण, बनवातावरण, जलाधार, फोहोरमैला व्यवस्थापन, सूचना प्रबिधि, राजश्व, भूमिहिन सुकुम्बासी पहिचान, उद्यमशिल बिकास लगायतका शिर्षकमा समेटीएको छ ।

प्रस्तुत निति तथा कार्यक्रममा बारे संघ, संस्था, राजनैतिक दलका प्रतिनिधिले निति तथा कार्यक्रम निकै राम्रो भएको प्रसंसा गरेका थिए । निति कार्यक्रममा समाबेश भएका सबै बिषयहरु बजेटमा छुनुपर्नेमा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।
सस्तो लोकप्रीयताका लागी मात्र नभई व्यवहारी कामकाजमा आउने गरी निति कार्यक्रम कार्यान्वयनमा ल्याउन अधिकास बोल्ने व्यक्तिहरुले बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले जिल्लाको केन्द्रभागमा रहेको पालिकाले राम्रो निति कार्यक्रम बनाई कार्यान्वयमा लाग्नुपर्ने र आबस्यक सहकार्यका लागी जिल्ला समन्वय समिति तयार रहेको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले स्थानीय स्तरका आबस्यकता पुरा हुने खालका निति तथा कार्यक्रम रहेको भन्दै सफल कार्यान्वयमा जोड दिनुपर्ने बताउनु भएको थियो ।
सबैका सल्लाह सुझाव अनुसार गाउँपालिका अगाडी बढ्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बताउनु भएको छ ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका निवर्तमान अध्यक्ष अमरध्वज राना मगर राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष डोर प्रसाद पोख्रेल, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य बुद्ध बहादुर जिसी, नेपाली काग्रेसका मल्लरानी गाउँपालिका सचिव नविन प्रकाश श्रेष्ठ, नेकपा माओबादी केन्द्रका गाउँपालिका अध्यक्ष टिएस गुरुङ्ग, पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजाल लगायतले निति तथा कार्यक्रममा बालेका थिए । कृष्ण बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम जिसी रहनु भएको कार्यक्रमको स्वागत मन्तव्य मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले गर्नुभएको थियो भने संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *