२०७९, ८ असार बुधबार १६:२९

मल्लरानी गापाले माबि तह सम्मको शिक्षा निशुल्क गदै

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार ८ । मल्लरानी गाउँपालिकाले माध्यामिक तह कक्षा १० सम्मको शिक्षा निशूल्क गर्ने भएको छ । आर्थिक वर्ष २०७९।०८० को निति कार्यक्रममा पेश भएको कार्यक्रम अनुसार गाउँपालिका भरी माबि तहको शिक्षा निशुल्क गर्न यसै बर्षबाट लागु गरीने भएको हो ।

बिद्यालयमा प्रदान गरीदै आएको शैक्षिक सहायता गाउँपालिका अनुदान शिक्षक, बाल बिकास शिक्षक, बिद्यालयमा लेखा संग काम गर्ने कर्मचारी, पुस्तकालय सहजकर्ताको प्रोत्साहन रकममा बृद्धि गर्ने भएको छ । यस्तै गाउँपालिका भित्रका महिला शिक्षक सुत्केरी भएमा सुत्केरी भत्ताको व्यवस्था गर्ने, बिद्यालयलाई अनुगमन निरीक्षण गरी नतिजा उन्मुख शिक्षा कृयाकलाप संचालन गर्ने निति तथा कार्यक्रममा समाबेश गरीएको छ ।

प्रविधिमैत्री बिद्यालय बनाउन, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिद्यालय व्यवस्थापन समितिका छोरा छोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गराउन अभिप्रेरेरित गराउन पहल गर्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बुधबार प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा समाबेश गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *