२०७९, ८ असार बुधबार १७:२८

लिफ्ट खानेपानी महशुलको ५० प्रतिशत खर्च गापाले व्यहोर्ने

लोकेन्द्र सुनार, प्यूठान
असार ८ । मल्लरानी गाँउपालिकाले खानेपानी तर्फको लिफ्ट खानेपानीको खर्चमा ५० प्रतिशत खर्च अनुदान दिने जनाएको छ । गाउँपालिकामा संचालन भएको लिफ्ट खानेपानी योजनामा जनतालाई अनुदान दिन गाउँपालिकाको निति तथा कार्यक्रममा पेश गरीएको छ ।

खानेपानी स्वच्छता तथा सरसफाई बास योजना अनुसार वडा बस्तीमा एक घर एक घाराको नितिलाई व्यवस्थापन गरीने भएको छ । खानेपानी योजनालाई दिगो बनाउन उपभोक्ता समितिलाई तालिमको व्यवस्था गरीने निति तथा कार्यक्रममा समाबेश गरीएको हो ।

गाउँपालिका भित्र स्वच्छ खानेपानीको पहँुच पु¥याउन संघ, प्रदेशको सहकार्यमा योजना निर्माणमा पहल गर्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बुधबार आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रममा प्रस्तुत गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!