मल्लरानी गापा ५ कुमीकोट क्षेत्रबाट स्वास्थ्य सेवा सुचारु गरिने

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार ९ । मल्लरानी गाउँपालिका ५ नम्बर वडामा स्वास्थ्य सेवा लिन घण्टौ हिडनुपर्ने अबस्था नरहने भएको छ । जनतालाई लामो समय हिडेर टाडा स्वास्थ्य सेवा लिन जानुपर्ने समस्या भएको मल्लरानी गाउँपालिका ५ नम्बर वडामा नजिकै स्वास्थ्य सेवा आर्थिक बर्षबाट सुरु हुने भए पछि स्थानीय खुसी भएको ५ नम्बर वडा अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।
बुधबार मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ७९।८० को निति तथा कार्यक्रम प्रस्तुत गदै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकाले प्रत्येक नागरिकलाई स्वास्थ्यमा मौलिक हक सुनिश्चित गर्ने उल्लेख गर्ने बताउनु भएको हो । यस्तै वडा नम्बर ३ को चौरपानी क्षेत्रबाट पनि स्वास्थ्य सेवा सुचारु हुने भएको छ । स्वास्थ्य बिमालाइ थप प्रभावकारी बनाउने गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश गरीएको छ ।