२०७९, ९ असार बिहीबार १७:१५

नागरिक समाजका काम दिगो बनाउन लागौं ः हरप्लेस

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार ९ । नागरिकले पाउने सेवा सुबिधालाई सर्बसुलभ बनाउन तथा जनताको हक अधिकार सुनिश्चित गराउन सरकार जिम्मेवार हुनु पर्ने जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले बिहिबार भएको एक कार्यक्रममा बताउनु भएको छ । जनताले जहिले पनि सरकारलाई खबरदारी गरी सचेत गराउन लाग्नुपर्ने उहाँले बताउनु भएको हो । संघ संस्थाले जनताका अधिकारको वकालत गर्न कृयाशिल हुनुपर्ने बताउनु भएको थियो ।

नागरिक समाजले गर्ने काम दिगो बनाउन लाग्नुपर्ने मानव अधिकार संरक्षक तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालका अध्यक्ष सुनिता बुढाले बताउनु भएको छ । प्यूठानको मल्लरानी गाउँपालिका खंलगामा भएको कार्यक्रमलाई सम्बोधन गदै बुढाले हरप्लेस संस्था परियोजनाबाट नभई शान्ति जागरण अभियानबाट काम सुरु गरेको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्थानीय तहमा नागरिक समाजको भूमिका महत्वपूर्ण भएको स्मरण गराउदै आन्दोलनबाट ल्याएको गणतन्त्रलाई जनताको पक्षमा काम गर्ने व्यवस्था संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले लक्षित वर्गका आवाजहरु सरकार सम्म पु¥याउन संघ संस्था नागरिक समाजले पहल गर्नुपर्ने बताउनु भएको थियो । जनताले सरकारबाट परिवर्तनको महशुस गर्ने आफ्नो बुझाइ रहेको सोनीले बताउनु भएको थियो ।

मानव अधिकार संरक्षक तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालद्वारा संचालनमा रहेको पारस्पारिक जवाफदेहीता परियोजना सीएसको अन्तिम कार्यक्रम प्यूठानको उद्योग बाणिज्य संघको सभाहलमा भएको थियो । कार्यक्रममा प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्काले हरप्लेसले जिल्लामा गरेको कृयाकलाप र जिल्ला स्तरीय नागरिक समाज संजाल प्यूठानले गरेको गतिबिधिहरुले समाजमा सकारात्मक प्रभाव पारेको बताउनु भएको थियो । कार्यक्रममा ५ बर्ष जिल्लामा भएका गतिबिधि तथा उपलब्धी चुनौतीका बारेमा प्रस्तुती परियोजना अधिकृत पम्फा पन्तले गर्नु भएको थियो ।

जिल्ला स्तरीय नागरिक समाज सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यको स्वागत मन्तव्य, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको अध्यक्षता मानव अधिकार संरक्षक तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालका अध्यक्ष सुनिता बुढाको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *