२०७९, ९ असार बिहीबार १७:५८

महङ्गी समाधान गर्न प्यूठानका उपभोक्ताको प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार ९ । जिल्लामा कृयाशिल बिभिन्न संघ संस्थाले सयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय सिहदरबार काठमाण्डौलाई महङ्गी निकै बढेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन । बिहिबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष नेत्रमणी आचार्यले ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ किसानलाई चाहिने कच्चा पदार्थ, मल, खाद्यान्न, पेट्रोल, डिजल, मट्रीतेल, खानेतेल, ग्यास, लगायत सबै क्षेत्रमा भएको मुल्यबृद्धिले जनतालाई निकै ठूलो समस्या भएको उल्लेख गरीएके छ । संघीय संरचना अनुसार सिहदरवार गाउँगाउँमा आयो भनेता पनी जनताले महङ्गीको समस्या दिनहु भोगेको तर जनताले पाउने सेवा सुबिधा सहज, सरल, सस्तो हुन नसकेमा ध्यानाकर्षण पत्रमा दुख ब्यक्त गरीएको छ । चरणबद्ध रुपमा बढ्दै गएको महङ्गीको समयमै समाधान नखोजिएमा नागरिक समाज लगायत आम नागरिक चरणबद्ध आन्दोलनमा जाने ध्यानाकर्षणमा चेतावनी दिइएको छ ।

उक्त ध्यानाकर्षण पत्र बुझ्दै प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पछिल्लो समय बिश्वमा तेलमा भएको महङ्गी तथा बजारमा अन्य उपभोग्य सामानको मुल्यबृद्धिमा सरकार सचेत रहेको बताउनु भएको थियो । महङ्गी नियन्त्रण गर्न केन्द्र सरकारले के गर्ने भन्ने बिषय र हामीले जिल्लामा कसरी गर्ने भन्ने कुराको बिकल्प भएकाले यो बिषयमा जनप्रतिनिधि, राजनैतिक दल, उपभोक्ताको बिचमा समन्वय गरी अगाडी बढ्नुको बिकल्प नभएको बताउनु भएको थियो ।
जिल्लामा भएका हरेक समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयले कार्यालय संग समन्वय गरी अगाडी बढनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यालयमा आएका समस्या गुनासालाई सम्बोधन गर्न पहल गर्ने प्रजिअले बताउनु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *