२०७९, ११ असार शनिबार १८:४५

पेट्रोल र डिजेलमा मुल्य समायोजन

प्यूठान जागरण डटकम
११ असार, काठमाडौ । पेट्रोलयिम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलयिम पदार्थको मूल्यमा समायोजन गरेको हो ।

शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल (मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल (मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य शनिबार राति १२ बजेदेखी लागू हुने निगमले जनाएको छ ।

शनिवार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन नर्णिय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *