निति बनाउन श्रम, रोजगार तथा यातायात सम्बन्धी छलफल
लोकेन्द्र सुनार, प्यूठान जागरण
असार, १२ । श्रमिक र रोजगार बीच श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी अन्तरकृया कार्यक्रम आइतबार खंलगामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्यूठानमा धेरै उद्योग कलकारखाना नभएता पनि श्रमिकका समस्या रहेको बताउनु भएको छ । प्रजिअ नेपालले श्रमिकको कार्यस्थलमा हुने समस्यालाई ध्यान दिदै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सरकारले बनाएको बताउनु भएको थियो ।
कार्यक्रममा श्रम रोजगार तथा यातायात मन्त्रालयका शाखा अधिकृत सुरेश भुषालले श्रम, रोजगार, यातायातका समस्या, लगायतका बिषयमा केन्द्रित कार्यपत्र प्रस्तुत गदै मन्त्रालयले आगामी दिनमा नितिगत रुपमा समाबेश गर्न जिल्ला जिल्लामा सुझाब संकलन गदै हिडेको बताउनु भएको थियो । सोही बिषयमा कार्यपत्र प्रस्तुत गदै भुषालले श्रम तथा रोजगारलाई राज्यले संबिधानमा मौलिक हकको रुपमा परिभाषित गरेको बताउनु भएको थियो ।
प्यूठान उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्यले जिल्लाका उद्योग व्यवसाय, र श्रमिकको पक्षमा संघले काम गर्ने बताउनु भएको थियो । महासंचिव द्वारा प्रस्तुत कार्यपत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिई श्रमिकले लाभासं पाउने व्यवस्था मिलाउन कार्यपत्रमा समाबेश गरीएको थियो । जिल्लामा भएको श्रमिक तथा यातायातको समस्या बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
जिल्लाका बिभिन्न श्रमिक ट्रेड यूनिएनका प्रतिनिधिले नेपालको नितिगत कुरामा श्रमिकका समस्या उल्लेख गरी भएका व्यवस्था कार्यान्वय गर्न माग गरेका थिए । यातायातको क्षेत्रमा साना साना गल्तिलाई पनि मुद्धा दर्ता गरी चालकलाई समस्या पार्ने गरेको गुनासो सबारी चालकले गरेका थिए । सानो बाटो, घुम्टिका समस्या, बाटो निमार्ण गर्दा गुणस्तर काम नहुनु जस्ता बिषय यातायात संचालनमा समस्या भएको छलफलमा उठेका थिए । जिल्लाका श्रमिक, उद्योगी, व्यबसायी, यातायातका संचालक, मजदुर, पत्रकार, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी उपस्थित रहेको कार्यक्रम श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मुकाम बुटबलको आयोजनामा भएको थियो ।