२०७९, १४ असार मंगलवार ११:५०

नागरिक आरोग्य सेवा गाउँ बस्ति सम्म लैजाने तयारी

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार, १४ । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले गाउँ बस्ति सम्म नागरिक आरोग्य सेवा कार्यक्रमलाई सचेतना फैलाउने भएको छ । मानिसको दिनचर्या, खानपान लगायतका कुरालाई ध्यानमा राखी स्वास्थ्य जिवनशैली बनाउन आरोग्य महत्वपूर्ण हुने प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

मंगलबार खंलगामा एक कार्यक्रमको आयोजना गरी जिल्लामा नागरिक आरोग्य सेवा किन आबस्यक छ भन्ने कुरा जानकारी गराइएको थियो । पछिल्लो समय मानिसमा सर्ने भन्दा पनि नसर्ने रोग मुटुको समस्या, स्वास प्रश्वासको समस्या, किड्नीको समस्या, उच्च रक्तचाप लगायतका रोगहरु बढी बढेको देखिन्छ । मानिसले खाने दैनिक आहार, व्यहारमा ध्यान नपु¥याउदा धनजनको क्षति हुने गरेको छ । बिरामी मानिसको उपचार गर्ने र निरोगी मानिसलाई रोग लाग्न नदिन दैनिक योग, ध्यान, प्रणायम गराउन नागरिक आरोग्य सेवाको उद्धेश्य रहेको छ ।

वाताबरण प्रदुषण भए मानिस स्वस्थ भएर मात्र नहुने प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख शिसिर पोख्रेलले बताउनु भएको छ । वाड तथा गाउँ बस्ति सम्म नागरिक आरोग्य सेवा कार्यक्रम बिस्तार गरी मानिसको बिलासी जिवनशैली सुधार गर्ने योजना रहेको निमित्त प्रमुख पोख्रेलले बताउनु भयो ।

आयुर्वेद औषधी पनि मात्रा भन्दा बढी प्रयोग गरेमा असर हुने प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर रोकाले बताउनु भएको छ । प्यूठानको माण्डबी, मल्लरानी, झिमरुक, गौमुखी गाउँपालिकामा केही बिद्यालयका शिक्षक, गाउँ बस्तिमा नागरिक आरोग्य सेवा योग, ध्यान, प्रणायमका गतिबिधि गरीएको रोकाले बताउनु भयो ।

आयुर्वेद उपचार शसक्त र प्रभावकारी उपचार भएको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर अच्युत रिजालले बताउनु भएको छ । आयुर्वेद उपचारमा बनस्पति जडिबुटी लयातका कुराहरु समाबेश गरीने डाक्टर रिजालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *