२०७९, १४ असार मंगलवार १२:१३

प्यूठान नगरपालिकाले बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार, १४ । प्यूठान नगरपालिकाको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमबाट माध्यामिक तहको उमेर समुहका बालबालिकालाई निशुल्क भएको घोषणा गर्न तयारी गरिने भएको छ । आधारभूत तह सम्मको शिक्षालाई अनिबार्य गराउने निति तथा कार्यक्रममा समाबेश गरीएको हो ।

नगरपालिका प्रमुख बिष्णु बहादुर योगीले प्रस्तुत गर्नुभएको आर्थिक बर्षको निति तथा कार्यक्रममा नगरपालिका भित्र बहुप्राबिधिक शिक्षालयको स्थानपना गरिने महत्वपूर्ण योजना सार्बजनिक गर्नु भएको छ । प्रत्येक बर्ष जिल्ला भित्रका बिद्यार्थीहरु प्राबिधिकधार तर्फ अध्ययानका लागी बुटवल, काठमान्डौ, पोखरा, दाङ्ग, नेपालगञ्ज लगायतका ठाउँमा जाने गरेको स्मरण गदै नगरपालिकाले बहुप्राबिधिक शिक्षालय स्थापना गरेमा जिल्लाको ठूलो लगानी बाहिर नजाने कतिपयको बुझाई छ ।

यस्तै नगरपालिकाले सामुदायिक सिकाई केन्द्र, नेपाल स्काउट संगको समन्वयमा यूवा लक्षित कार्यक्रम संचालन गरीने भएको छ । बिद्यालयलाई भय रहित, हिंसा रहित र बालमैत्री बनाइने योजना निति तथा कार्यक्रममा समाबेश भएको छ ।

निति तथा कार्यक्रमको बारेमा स्थानीय उपभोक्ताहरुले निति, कार्यक्रम सस्तो लोकप्रीयताका लागी मात्र नभई कार्यान्वय हुने गरी सबै शिर्षकमा बजेट छुट्याउनु पर्ने माग गरेको छन । धेरै स्थानीय तहमा निति कार्यक्रममा सबै क्षेत्रलाई समाबेश गर्ने तर बजेट बिनियोजनमा चुक्ने गरेको कैयो उदाहरण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *