२०७९, २१ असार मंगलवार १५:१४

कोपोमिसमा बिवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना हुने

प्यूठान जागरण डटकम
असार, २१ । संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले सफ्टवेयर सुरु गर्नु पर्ने र कोमोमिसमा प्रविष्ट गर्नुपर्ने बताउनु भएको छ । विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरणमात्र प्रविष्ट गर्न आग्रह गरेको स्मरण गराउँदै उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘मोबाईलमा फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउन जान्ने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कर कार्यालयमा करचुक्ता लिनका लागि अनलाईन फारम भर्न सक्ने व्यक्तिले सहजै कोपोमिसमा विवरण प्रविष्ट गर्नसक्ने उहाँको भनाई थियो ।

एक कार्यक्रममा बोल्दै ‘कोपोमिसमाा समष्टिगत विवरण प्रविष्टिमा संघ÷संस्थाहरुको भूमिका’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी दिनु भएको छ । ‘कोपोमिस राज्यको अभियान हो,’ उहाँले भन्नुभयो, ‘सहकारीले म विवरण भर्दिनँ यसबाट बाहिर जान्छु भन्ने हो भने हामी कानुनी उपचारको बाटोमा जान्छौं । जरिवाना गर्नुपर्ने अवस्था आयो भने सहकारी महासंघ, केन्द्रीय संघहरु, प्रदेश संघहरु र जिल्ला संघहरुले हामीलाई पक्कैपनि यसो नगर भन्नुहुने छैन भन्ने विश्वास लिएको छु ।’

रजिष्ट्रार पण्डितले स्थानीय तहको नियमनमा रहेका सहकारीमा कोपोमिस कार्यान्वयन गर्न सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत असार १६ गते सबै पालिकालाई अनुरोध गरेको बताउनुभयो गर्नुभयो । मन्त्रालयले सबै पालिकालाई नयाँ सहकारी संस्था दर्ता गर्दा कोपोमिसमा विवरण प्रविष्ट गरेर मात्र प्रमाणपत्र प्रदान गर्न अनुरोध गरेको जानकारी गराउनुभयो ।

यसैगरी स्थानीय तहलाई ब्यवसाय कर चुक्ता प्रमाणपत्र जारी गर्दा, सहकारीसँग साझेदारीमा काम गर्दा र सहकारीलाई अनुदान दिँदा पनि कोपोमिसमा अनिवार्य आवद्ध गर्न आग्रह गरेको बताउनुभयो । सहकारी विभागको आग्रहमा आन्तरिक राजश्व कार्यालयले मातहतका सबै कार्यालयलाई कोपोमिसबाट जारी भएको सब्मिसन नम्बर पेश गर्ने सहकारीलाई मात्र करचुक्ता प्रमाणपत्र जारी गर्न परिपत्र गरेको रजिष्ट्रार पण्डितले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *