२०७९, ३० असार बिहीबार ०८:०३

देशभरका ३ स्थानीय तहको बेरुजु शुन्य, प्यूठानका २ गाउँपालिका

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
असार, २९ । ७ सय ५३ तह मध्ये देशभरका ३ स्थानीय तहले बेरुजु शुन्य बनाएका छन । सबै भन्दा कम बेरुजु हुने ३ स्थानीय तहमा प्यूठानको मल्लरानी गाउँपालिका, सरुमारानी गाउँपालिका र ताप्लेजुनको सिरिजङ्गा गाउँपालिकाले शुन्य बेरुजु निकाल्न सफल भएका हुन ।

यस्तै सबै भन्दा बढी बेरुजु महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा २३.८७ प्रतिशत बेजुरु भएको तथ्याङ्कले देखाएको छ । करिब ११ संघीय मन्त्रालयमा बेरुजुको अबस्था महालेखा परिक्षकको तथ्याङ्कले देखाएको छ ।

लेखा परिक्षण अङ्कको तुलनामा सबै भन्दा बढी बेरुजु कर्णाली प्रदेशमा देखाएको छ । महालेखा परीक्षकको ५९औँ वार्षकि प्रतिबेदन अनुसार गत आर्थिक वर्षमा प्युठानका दुई पालकिाको बेरुजु शून्य प्रतिशतमा झरेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *