मुद्धा फछ्यौंटमा जिल्ला अदालत प्यूठान लुम्बिनिमा प्रथम
लोकेन्द्र सुनार, प्यूठान जागरण
असार, ३१ । जिल्ला अदालत प्यूठान आर्थिक बर्ष २०७८।७९ मा लुम्बिनी प्रदेशमा कार्यसम्पादनमा पहिलो भएको छ । बार्षिक कार्यक्रम अनुसार प्यूठानले मुद्धाको ८९.४० प्रतिशत अर्थात ६ सय २ मुद्धामा ४ सय ७८ फछ्यौंट गरी प्रदेशमा पहिलो भएको हो । नेपालमै सख्याको आधारमा भएको यस प्रकारको फस्योट निकै उत्कृष्ठ भएको आफुले महशुस गरेको जिल्ला अदालत प्यूठानका न्यायाधिस श्यामलाल घिमिरेले बताउनु भएको छ ।
१ वर्ष नाघेका मुद्धा हामी संग छैनन घिमिरेले भन्नुभयो “गत बर्ष देशभरबाट ७८ प्रतिशत मुद्धा फस्योट गर्ने प्रथम भएको थियो त्यसलाई हेर्दा हामी नेपालमै प्रथम हुन सक्छौ”। समाजमा चेतनास्तर बृद्धि गरी कानूनी साक्षरता आबस्यक रहने कुरा औल्याउदै घिमिरेले अदालतलाई मुद्धाको हकमा सबैको पहुँचमा ल्याउन जनचेतना फैलाउनु पर्ने बताउनु भएको छ ।
जिल्ला अदालतको तथ्याङ्क अनुसार सम्बन्ध बिच्छेदका घटना बढी आउने गरेको श्रेस्तेदार बिरेन्द्र प्रकाश खडकाले बताउनु भएको छ । आर्थिक बर्षको अबधीलाई हेर्दा कुल ६ सय २ मुद्धामा २ सय ४२ वटा सम्बन्ध बिच्छेदका मुद्धा रहेका छन् । सम्बन्ध बिच्छेद, यौनजन्य कसुर, बहुविवाह, ज्यान सम्बन्धी कसुर, घरेलु हिंसा, बालबालिका प्रतिवादी भएको लगायतका मुद्धा जिल्लामा आउने गरेको जिल्ला अदालत प्यूठानका श्रेस्तेदार बिरेन्द्र प्रकार खडकाले जानकारी दिनुभएको छ । मेलमिलाप हुने खालका घटना १ सय २ आएकोमा ४० वटा मिलापत्र गरीएको छ । अदालतको कुल ६ सय २ मुद्धामा १ सय २४ बाकी रहेको जिल्ला अदालत प्यूठानले जनाएको छ ।