जिल्ला समन्वय समितिको चौथो जिल्ला सभा सम्पन्न

प्यूठान जागरण डटकम
असार ३१ । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभा खंलगामा शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वयद्धारा आयोजना गरीएको सभामा लुम्बिनि प्रदेश सांसद तारा जिसीले जिल्लाको समग्र बिकासका लागी सबै पक्ष लाग्नु पर्ने बताउनु भएको थियो उहाँले जिल्ला बिकास समिति हुँदाको जस्तो अबस्था र्सिजना गनुपर्ने बताउनु भएको हो ।
यस्तै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले समग्र जिल्ला र जिल्ला समन्वय समितिमा गरिने कृयाकलापको बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समितिलाई केही आर्थिक रकम संघ तथा प्रदेशमा माग गरिएको प्रमुख जिसीले बताउनु भएको थियो । सभामा बोल्ने अधिकांस बक्ताहरुले जिल्ला समन्वय समितिलाई चलाएमान गराउन पहल गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लालाई बिकास तथा पुर्वाधारमा राम्रो काम गर्न सानो नभई अलि देखीने खालका बजेट जिल्लामा भित्राउन पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले जिल्लामा कतिपय आएका समस्यामा प्रंशासन पनि जोडिने हुँदा आफुपनि सकेको कुरामा जिल्लालाई बिकास निर्माण गर्न लागी पर्ने बताउनु भएको थियो ।