२०७९, ३२ असार शनिबार १७:५९

१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ ः प्रचण्ड

प्यूठान जागरण डटकम
असार ३२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत बीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ ।

भारत भ्रमणमा रहेका प्रचण्डले ‘फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसी’ले शनिबार नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा कूटनीतिक संवादमार्फत दुई मुलुकबीच देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताउनु भएको हछ ।

सो अवसरमा उहाँले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने उल्लेख गुर्नभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!