२०७९, २ श्रावण सोमबार ०८:५३

दाइजो प्रथामा आधारित मौलिक कथानक गीत “रेलिमाई” चर्चामा

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
साउन २ । रेडियो टेलिभिजन तथा यूटुब मार्फत मोबाइलमा घन्की रहने गीत दाइजो प्रथामा आधारित रहेको रेलिमाई गीत चर्चाको शिखरमा रहेको छ । मौलिक शब्द, लय र सोही कथा अनुसार तयार पारिएको भिडियो यतिबेला दर्शकले ५० लाख भन्दा बढीले मन पराएका छन । बसन्त बिक यूटुब मार्फत बजारमा सार्बजनिक भएको गीत रेलिमाईले नेपाली लोक गीत संगीतमा छुट्टै तरङ्ग ल्याएको छ ।

नेपाल मात्र नभई बिदेश सम्म चर्चामा रहेको गीत बहुचर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार र बहुचर्चित दोहोरी, ब्याटलमा मनपराईएका गायक बसन्त बिश्वकर्माले आबाज दिएका छन् । बसन्त बिकको शब्दमा रहेको सो गीतको मौलिक लय कलाकार प्रकाश दुतराजले गरेका छन् । बसन्त बिक र उषा उप्रेतीको कलात्मक अभियान रहेको रेलिमाई एउटा लोक संगीतको भिडमा छुट्टै पहिचान बनाउन सफल भएको दर्शकहरु बताउछन् ।

देश बिदेशबाट गीतको बारेमा प्रंशसा पाइरहेको कलाकार बसन्त बिकले प्यूठान जागरण डटकमलाई जानकारी दिए । राम्रो शब्दको खेती गर्न सक्ने कलाकार बसन्त बिकले यतिबेला करिब ९ बर्षको कलाकारितामा निकै ठूलो प्रंशसा पाइरहेका छन् । तनहुमा जन्मिएका कलाकार बसन्त बिक नगरकोट दोहोरी साझमा पनि आबद्ध रहेर काम गरी रहेका छन् ।

कलाकार : बसन्त बिक

पछिल्लो समय निकै ब्यस्त रहेका बिकले प्यूठान जागरण डटकमसंग कुरा गदै तराईमा रहेको दाइजो प्रथालाई हटाउन यो गीतले सन्देश दिन खोजेको बताएका छन् । नेपालमा शतिप्रथा पछिको महिलालाई पिडा दिने प्रथा दाइजो भएको भन्दै यसलाई हटाउन गीत संगीतबाट बिषय उठाउन खोजीएको देखिन्छ ।
गीतको पहिलो हरफ
सम्झयो तिमलाई रेलीमाई छाती चरर
हास्दा पनि रेलिमाई आसु बरर
भिरमै फुलेछु ……………
कसैले नी नटिप्ने भिरमै फुलेछु
बस्यो माया रेलीमाई हास्नै भुलैछु ।

गीत सुन्नका लागी यहाँ क्लिक गुर्नहोस

https://youtu.be/isCzw9IonRY
गीत सफलताको शिखरमा पुगेको कुरा स्मरण गदै कलाकार बसन्त बिकले आफ्नो फेसबुक मार्फत टीमको सफलताको शुभकामना गरेका छन । देश बिदेशबाट आएका आर्शिबाद, मायाले गीत संगीतमा प्रेरेण मिलेको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *